स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीन जना पक्राउ

सुर्खेत । प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका डाक्टरहरुमाथि हातपात गर्ने तीनजना पक्राउ परेका छन् ।

डाक्टरमाथि हातपात गर्ने ३ जना युवाहरुलाई नियन्त्रणमा लिइएको सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

पक्राउ परेका युवाहरु भने सानै उमेरको भएकाले प्रहरीले उनीहरुको नाम र पूरा विवरण खुलाएको छैन । पक्राउ पर्नेमा वीरेन्द्रनगर वडा नं २ का १७ वर्षीय, वडा नं ३ का १६ वर्षीय र वडा नं का १६ का युवा छन् ।

प्रहरीका अनुसार डाक्टरहरु अस्पताल देखि करिब २० मिटर टाढाँ बाटोमा पुगेको बेला एक्कासी उनीहरुले हातपात गरेका हुन् । हातपात गर्ने पुरुषहरुले भने केहि मदिरा र मादक प्रदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

डाक्टरहरु शंकरप्रसाद रिजाल, दायव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि हातपात भएको हो । युवाहरुको समूहले साझ ६ बजेर १५ मिनेटमा हातपात गरेका हुन् । डाक्टरहरु सामान्य घाइते भएका डीएसपी घर्ती मगरको भनाई रहेको छ । डाक्टरमाथि हातपात गर्नुको कारण केही पनि खुलेको छैन ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही समयअघि हुम्लामा पनि स्वास्थ्यकर्मीमाथि शिक्षकले आक्रमण गरेका थिए ।

स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीन जना पक्राउ

फ्लोर क्रस गर्ने एमाले सांसदलाइ पुनर्बहाली गर्न

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!