फ्लोर क्रस गर्ने एमाले सांसदलाइ पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने कणर्ालीका चार सांसदलाइ सर्वोच्च अदालतले पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।

कणर्ाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेत्रृत्वको सरकारलाई विश्वासको मत दिने एमाले सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अम्मरबहादुर थापालाइ पुनर्बहाली गर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै चार संसदलाई बर्खास्त गर्न एमालेले प्रदेश सभालाई पत्र लेखेपछि उनीहरु पदमुक्त भएका थिए । एमालेको माधव नेपाल पक्षधर सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सांसदमा पुनर्वहाली भएका हुन् ।

उनीहरुले आफूहरुमाथिको कारवाही बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्चले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकहरुलाई कणर्ाली प्रदेश सभाको सदस्य तथा नेकपा एमाले कणर्ाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन आदेश दिएको हो ।

माधव नेपाल पक्षधरका ४ सांसदले ह्वीप उल्लंघन गरी कणर्ालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका थिए । उनीहरुमध्ये तीन जनालाई मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका छन् ।

फ्लोर क्रस गर्ने एमाले सांसदलाइ पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

प्रदेश आयुर्वेद अस्पतालका डाक्टर माथि हातपात, थप

फ्लोर क्रस गर्ने एमाले सांसदलाइ पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीन जना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!