प्रदेश आयुर्वेद चिकित्सकमाथि हातपात गर्नेलाई कारवाहीको माग

सुर्खेत । कोरोना माहामारी रोकथाम तथा नियन्त्रणमा रातदिन खटिएका सुर्खेतका आयुर्वेद चिकित्सकमाथि हातपात गर्नेलाई कारवाही गर्न नेपाल आयुर्वेद चिकित्सक संघले माग गरेको छ । शुक्रवार घटनाबारे संघले ध्यानाकर्षण पत्र निकाल्दै हातपात गर्नेलाई कारबाहीको माग गरेको हो ।

दोषीलाई हालै जारी भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि –पहिलो संसोधन अध्यादेश २०७८ बमोजिम पुर्वक्षका लागि थुनामा राखी हदैसम्मको कारबाही गर्न माग गरेको हो ।

साथै हातपातबाट घाइते भएका प्रदेश आयुर्वेद औषधालय सुर्खेतका कार्यालय प्रमुख डा. संकरप्रसाद रिजाल, चिकित्सक डा. यादव उपाध्याय र स्वास्थ्यर्मी लोकप्रसाद रेग्र्मीको उपचारका लागि उचित क्षतिपुर्ती दिलाउन संघले माग समेत गरेको छ ।

प्रदेश आयुर्वेद औषधालयले सञ्चालनमा ल्याएको आइसोलशनमा बसेका बिरामीको सेवामा खटिएका चिकित्सकमाथि विहिबार साझँ १५, १६ जनाको समूहले आक्रमण गरेका थिए । उनीहरु बिरामीको सेवापछि घर फर्किने क्रममा बाटोमा बसेको समूहले हातपात गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्र

प्रदेश आयुर्वेद चिकित्सकमाथि हातपात गर्नेलाई कारवाहीको माग

स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीन जना पक्राउ

प्रदेश आयुर्वेद चिकित्सकमाथि हातपात गर्नेलाई कारवाहीको माग

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *