नेपालमा हुने भनिएको एएफसी एसियन कप महिला छनोट खेल उज्वेकिस्तानमा सर्‍यो

काठमाडौं : नेपालमा तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेल अन्तरगत समूह एफको खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने जानकारी दिएका हुन्।

एसियाली फुटबल महासंघ (एएफसी) ले कोरोना बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको जानकारी एन्फालाई गराएको महासविच इन्द्रमान तुलाधरले बताए।

यस अघि जारी गरेको तालिका अनुसार नेपालले समूह एफको छनोट खेल दशरथ रंगशालामा आयोजना गर्ने तालिका थियो। नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स रहेका छन्।

छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला टोली अहिले अभ्यासमा रहेको छ। घरेलु मैदानमा हुने अभिलाषाका साथ बलिया राष्ट्रविरुद्ध राम्रो गर्ने लक्ष्यसहित नेपाली टोलीले अभ्यास गरिरहेको थियो। तर परिवर्तन भएको तालिकाले टोली केही निराश भएको छ। एन्फाले महिला टिमलाई बन्द प्रशिक्षणमा राखेर छनोटको तयारी गरिरहेको छ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन्। एन्फाले बंगलादेश लगायतका देशसँग मैत्रीपूर्ण फुटबलको तयारी समेत गरेको छ।

आयोजक एएफसीले २८ टोलीलाई चार समूहमा चार–चार र अर्को चार समूहमा तीन–तीन टोलीलाई समावेश गरेर छनोट खेलाउँदै छ। समूह शीर्ष टोली अघिल्लो चरण प्रवेश गर्नेछन्। प्रतियोगिता २०२२ मा भारतका तीन शहरमा हुँदै छ। त्यसका लागि भारतले आयोजना स्थलको पनि टुङ्गो लगाएको छ भने लोगो पनि सार्वजनिक गरिसकेको छ।

नेपालमा हुने भनिएको एएफसी एसियन कप महिला छनोट खेल उज्वेकिस्तानमा सर्‍यो

टोकियो ओलम्पिक : अमेरिका शीर्षमा रहँदा ६

नेपालमा हुने भनिएको एएफसी एसियन कप महिला छनोट खेल उज्वेकिस्तानमा सर्‍यो

अफगानिस्तान : तालिबानीले तेस्रो प्रान्तीय राजधानी कब्जा

Leave a comment

Your email address will not be published. Required fields are marked *