टोकियो ओलम्पिक : अमेरिका शीर्षमा रहँदा ६ राष्ट्रले बनाए इतिहास

काठमाडौं : कोरोना महामारीका कारण निर्धारित समय भन्दा एक वर्ष ढिला तय भएको टोकियो ओलम्पिकको औपचारिक समापन भएको छ। २३ जुलाईबाट सुरू भएको प्रतियोगिता १९ दिन चलेको थियो।

टोकियोमा कुल ६५ राष्ट्रले स्वर्ण पदक जित्दा कुल ९२ राष्ट्र पदक सहित घर फर्किए। सहभागी २०६ मध्ये ११३ राष्ट्र पदकविहीन बने।

अब अर्को ओलम्पिक २०२४ मा पेरिसमा हुने छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस बाकले आइतबार टोकियो ओलम्पिक २०२० को समापन घोषणा गर्दै फ्रान्सलाई अर्को ओलम्पिक आयोजनाको जिम्मेवारी सुम्पिएका थिए।

२०६ देशका ११ हजार खेलाडी

टोकियो ओलम्पिकमा २०६ देशका ११ हजार ९० खेलाडीले ३३ खेलका ३३९ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए। जसमा ३४० स्वर्ण, ३३८ सिल्भर तथा ३०२ कास्य खेलाडीले जिते।

बर्मुडा, कतार र फिलिपिन्सले पहिलो पटक ओलम्पिकमा स्वर्ण जित्ने इतिहास बनाए। त्यस्तै बुर्किना फासो, सान मारिनो र तुर्किमिनिस्तानले ओलम्पिकमा पहिलो पदक जिते।

अमेरिका शीर्ष स्थानमा

टोकियो ओलम्पिकमा अमेरिका अन्तिम दिन चीनलाई पछि पार्दै शीर्ष स्थानमा पुग्न सफल रह्यो। अमेरिका ३९ स्वर्ण ४१ रजत र ३३ कास्यसहित ११३ पदकका साथ शीर्ष स्थानमा रहँदा चीन ३८ स्वर्ण ३२ रजत र १८ कास्य सहित ८८ पदकका साथ दोस्रो स्थानमा रह्यो।

त्यस्तै आयोजक जापानले ओलम्पिक इतिहासमै सर्वाधिक धेरै स्वर्ण जित्यो। उसले २७ स्वर्ण १४ रजत तथा १७ कास्यसहित कुल ५८ पदक जित्दै तेस्रो स्थानमा रह्यो। ग्रेट ब्रिटेन २२ स्वर्ण २१ रजत तथा २२ कास्यसहित ६५ पदकका साथमा चौंथो स्थानमा रहँदा रसियन ओलम्पिक कमिटी २० स्वर्ण २१ रजत तथा २२ कास्यसहित ६५ पदकका साथमा पाँचौ स्थानमा रह्यो।

त्यस्तै अस्ट्रेलिया १७ स्वर्ण ७ रजत र २२ कास्य सहित ४६ पदकका साथ छैटौं स्थानमा रहँदा नेदरल्यान्ड, फ्रान्स, र जर्मनीले समान १० स्वर्ण हात पारे।

दक्षिण एसियामा भारत बाहेक अन्य पदकविहीन

दक्षिण एसियामा भारतले बाहेक अन्य कुनैपनि देशले पदक जित्न सकेनन्। भारतका लागि निरज चोपडाले एक स्वर्ण जितेका थिए। उनले भारतीय एथलेटिक्स इतिहासमा १२१ वर्षपछि स्वर्ण जित्न सफल भएका थिए। चोपडाको स्वर्ण सहित भारतले कुल ७ पदक जितेको थियो।

अन्य देश भने पदक विहिन भएर फर्किए। नेपालबाट ५ खेलाडी सहभागी भएका थिए। जसमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान कायम गरे। तर ओलम्पिक स्पर्धामा भने अन्तिमतिर नै रहे।

२०२४ मा पेरिसमा

अब अर्को ओलम्पिक पेरिसमा हुने छ। टोकियोका गभर्नर युरियको कोइके तथा आईओसीका अध्यक्ष थोमसन बाले ओलम्पिक झण्डा पेरिसका मेयर एनी हिडाल्गोलाई हस्तान्तरण गर्दै पेरिस ओलम्पिक तयारी सुरू भएको जानकारी दिए। यस दौरान आइफिल टावरमा ओलम्पिक झण्डा फहराइएको थियो।

समापन समारोहमा फ्रान्सको राष्ट्रिय गान बजाइएको थियो। त्यसपछि फ्रान्सको राष्ट्रिय झण्डा फहराइएको थियो। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले एक भिडियो सन्देश मार्फत पेरिस ओलम्पिकको लागि शुभकामना दिए।

टोकियो ओलम्पिक : अमेरिका शीर्षमा रहँदा ६ राष्ट्रले बनाए इतिहास

बराबरीमा टुंगियो भारत र इंग्ल्याण्डबीचको पहिलो टेस्ट

टोकियो ओलम्पिक : अमेरिका शीर्षमा रहँदा ६ राष्ट्रले बनाए इतिहास

नेपालमा हुने भनिएको एएफसी एसियन कप महिला

Leave a comment

Your email address will not be published. Required fields are marked *