निगाल्चुलाकाे दुरुमखाेलामा विभिन्न पार्टी छाेडि एमालेमा प्रवेश

दुर्गा विसि

सल्यान । पार्टीको संगठन तितरबितर हुदा समेत स्थानीय लेवलमा एमाले प्रतिको क्रेज बढेकै छ ।

बनगाड कुपिण्डे नगरपालिका वडा १२ काे दुरुमखोलाको ताल टोलमा नेकपा एमालेको टोल कमिटी गठनमा दर्जनभन्दा वढिले नव प्रवेशले अरु भन्दा देशमा एमाले नै राम्रो पार्टी भएको जनाए ।

साथै विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेको लहर वढेकाे नेकपा एमालेका युवा नेता तथा वडम अध्यक्ष गाेविन्द डाँगीले वताए ।नव प्रवेशिलाइ स्वागत गर्दै पार्टीको निति कार्यक्रम आगामी रणनीतिको बारेमा स्थानीय नेता डाँगीले प्रकाश पारेका थिए ।

विभिन्न पार्टी छाेड्दै ९ जनाले एमाले प्रवेश गरेका थिए । सेरबहदुर खड्का, गगाराम खत्री,ओबिर खड्का,रेसम खड्का, महेन्द्र बिक,तिलक बिक,राजकुमारी बिक,बिमला बिक,र रुपकला बिकलाई डाँगीले टीका लगाइ स्वागत गरेका थिए ।वडा अध्यक्ष समेत रहेका डाँगिले पार्टीको कामलाई समेत तिव्रता दिएका छन् । टाेल टाेलमा पुगेर विकाससँगै पार्टी सुदृढीकरण अभियान सञ्चालन गरेका छन् ।

निगाल्चुलाकाे दुरुमखाेलामा विभिन्न पार्टी छाेडि एमालेमा प्रवेश

कविता : म सँग साहस छ

निगाल्चुलाकाे दुरुमखाेलामा विभिन्न पार्टी छाेडि एमालेमा प्रवेश

YUGAAWHAN NATIONAL DAILY (2078-04-25)

Leave a comment

Your email address will not be published. Required fields are marked *