कविता : म सँग साहस छ

कविता : म सँग साहस छ

कठिन समय छ,
तर पनि सुनौलो विहानीको आश छ,
म सँग साहस छ,
मलाई विश्वास छ।

सपरिवार आइसोलेस मा छ,
परिवारलाई केही होला कि भन्न डर छ,
धेरै मानिसहरूको भिड हुने सुन्दर सहर सुर्खेत,
आज विरामी छ….सुनसान छ।

प्रस्फुटित हुने बोलि पनि शान्त छ,
बाहिर निषेध-आज्ञा जारी छ,
गरिबहरुको बेहाल छ,
त कतै जथाभावी लास छ।
नेपाल देश गरिब छ,
स्वास्थ्य सङ्कटकाल घोषणा हुनेवाला छ,
सरकार घरझगडामा व्यस्थ छ,
त कतै स्वास्थ्य कर्मीहरुको जीवन असुरक्षित छ।

मलाई थाहा छ,
ठूलाहरुको घरमा अहिले पनि हासो छ,
मिठो मसिनो पाकेकै छ,
सर-सुविधा उपलब्ध भएकै छ,
तर
सानाहरुको घरमा सधैं आशु र रोदन छ,
मनमा निकै पिडा छ,
दुई छाक टार्न गार्हो छ,
अनेकौ दुविधा छ।

मलाई विश्वास छ,
आजको धमिलो दिन,
भोलि फर्कि आउने छ,
सुनौलो विहानी अबस्य हुनेछ।

(कोभिड दोस्रो लहरको नितान्त व्यक्तिगत भोगाईमा आधारित।)

ललित कुमार चलाउने छेत्री,
सुर्खेत।

कविता : म सँग साहस छ

उपकुलपति सिंहले जब आफ्नै मृत्युको खबर देखेपछि…

Leave a comment

Your email address will not be published. Required fields are marked *