२०८३ जेष्ठ ३० गते
×

Now Playing

चीनलाई पछि पार्दै अमेरिका ओलम्पिक पदक तालिकामा नम्बर-१

काठमाडौं : टोकियो ओलम्पिकको अन्तिम दिन अमेरिकाले पदक तालिकामा चीनलाई पछि पारेको छ। जारी ओलम्पिकमा आज दुई स्वर्ण पदक जित्दै अमेरिकाले पदक तालिकामा ३८ स्वर्णसहित चीनसँगको ३८ स्वर्णसँग बराबरी गरेको हो। तर अमेरिकाले रजत र कास्यमा भने चीनलाई पछाडी पारेको छ।

अमेरिकाले ३८ स्वर्ण ३९ रजत र ३३ कास्यसहित १ सय १० पदक जितेको छ। चीनले ३८ स्वर्ण ३१ रजत र १८ कास्यसहति ८७ पदक हात परेको छ। त्यस्तै आयोजक जापानले २७ स्वर्ण १४ रजत र १७ कास्य जितेको छ। यसै गरी बेलायतले २१ स्वर्ण २१ रजत र २२ कास्य जितेको छ। त्यस्तै रुसी ओलम्पिक कमिटीले २० स्वर्ण, २७ रजत र २३ कास्य पदक हात पारिसकेको छ।

अस्ट्रेलियाले १७ स्वर्ण ७ रजत र २२ कास्य जितेको छ। यस्तै नेदरल्याण्डले १० स्वर्ण, १२ रजत र १४ कास्य जितेको छ। यस्तै जर्मनीले १० स्वर्ण ११ रजत र १६ कास्य पदक जितेको छ। त्यस्तै फ्रान्सले भने ९ स्वर्ण १२ रजतसहित कुल ३२ पदक जित्दै १० स्थानमा छ।

हालसम्म ८६ देशले पदक जितेका छन्। टोकियो ओलम्पिकको अन्तिम दिन अमेरिकाले आज महिला बास्केटबल र साइक्लिङमा स्वर्ण थपेको हो।

चीनलाई पछि पार्दै अमेरिका ओलम्पिक पदक तालिकामा नम्बर-१

नेपाली राष्ट्रिय क्रिकेट टिमको फिटनेस ट्रेनरमा राकेश

चीनलाई पछि पार्दै अमेरिका ओलम्पिक पदक तालिकामा नम्बर-१

ब्राजिललाई हराउँदै अमेरिकाले जित्यो महिला भलिबलको स्वर्ण

Leave a comment

Your email address will not be published. Required fields are marked *