नेपाली राष्ट्रिय क्रिकेट टिमको फिटनेस ट्रेनरमा राकेश नियुक्त

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमको फिटनेस ट्रेनरमा राकेश कुमार काशिभाई गोहिल नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आज भारतका राकेशलाई फिटनेस ट्रेनरमा नियुक्त गरिएको जनाएको छ।
क्यानले आवेदन दिएका ३८ जनाबाट राकेशलाई छनोट गरेको हो। क्यानले गत असार ३० गते फिटनेस ट्रेनरको लागि दरखास्त आह्वान गरेको थियो।
फिटनेस प्रशिक्षक राकेश अष्ट्रेलियाबाट लेभल–२ कोर्स उत्तीर्ण फिटनेस प्रशिक्षक हुन्। उनीसँग भारतको नेसनल एकेडेमी र रणजी ट्रफ्री खेल्ने टिमसँग काम गरेको अनुभव रहेको छ।
राकेशसँग यस अघि पनि नेपाली टिमसँग काम गरेकाे अनुभव छ।
https://twitter.com/CricketNep/status/1424217827989327873?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1424217827989327873%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fthahakhabar.com%2Fnews%2F132636%2F






