२०८३ जेष्ठ ३० गते
×

Now Playing

केन्याका किपचोगेले जिते ओलम्पिक म्याराथनको स्वर्ण

काठमाडौं : जापानमा जारी टोकियो ओलम्पिकमा म्याराथनको स्वर्ण केन्याली धावक एलिउड किपचोगेले जितेका छन्।

गृष्मकालीन ओलम्पिकको अन्तिम दिन आइतबार बिहान भएको पुरुष म्याराथनको स्पर्धामा किपचोगेले स्वर्ण जितेका हुन्। नेदरल्याण्ड्सका अब्दी नागियेले दुई घण्टा ९ मिनेट ५८ सेकेण्डमा दूरी पूरा गर्दै रजत जिते भने बेल्जियमका बसिर अब्दीले २ घण्टा १० मिनेटमा दूरी पूरा गरेर कास्य जिते।

किपचोगेले यसअघि सन् २०१६ को रियो ओलम्पिकमा पनि म्याराथनमा स्वर्ण जितेका थिए। विश्व कीर्तिमान धावक किपचोगेले दुई घण्टा ८ मिनेट ३८ सेकेण्डको समय निकाले।

उनले दोस्रो स्थानमा रहेका खेलाडीलाई एक मिनेट २० सेकेण्डले पछि पारे। किपचोगे सन् २००४ र २००८को ओलम्पिकमा ५००० मिटर दौडेका थिए।

२००४ मा उनले कांस्य र २००८ मा रजत जितेका थिए। किपचोगेले सन् २०१८ मा भएको बर्लिन म्याराथनमा २ घण्टा एक मिनेट ३९ सेकेण्डको विश्व कीर्तिमान बनाएका थिए। ३६ वर्षीय किपचोगे ओलम्पिक म्याराथनमा एकभन्दा धेरै स्वर्ण पदक जित्ने तेस्रो खेलाडी बनेका छन्।

केन्याका किपचोगेले जिते ओलम्पिक म्याराथनको स्वर्ण

टोकियो ओलम्पिक आजदेखि सकिँदै

केन्याका किपचोगेले जिते ओलम्पिक म्याराथनको स्वर्ण

नेपाली राष्ट्रिय क्रिकेट टिमको फिटनेस ट्रेनरमा राकेश

Leave a comment

Your email address will not be published. Required fields are marked *