५५ जनाले बोलेर सकियो माधव समूहको केन्द्रीय कमिटी बैठक : एकमुष्ट जवाफ दिन स्थायी समिति बैठक

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ ।

काठमाडौँको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको हो ।

केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि केही समयका लागि बैठक स्थगित गरिएको छ । केन्द्रीय समिति बैठक स्थगित गरेर माधव समूहको स्थायी समिति बैठक सुरु भएको छ ।

स्थायी समिति बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणाको कस्तो जवाफ दिने भन्ने छलफल हुनेछ । छलफलपछि नेता माधव कुमार नेपालले एकमुष्ट जवाफ दिने तयारी गरेको बुझिएको छ ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरूले सम्मानजनक एकता हुनुपर्ने धारणा राखेका थिए । त्यस्तै नेता ठाकुर गैरेका अनुसार अधिकांश धारणा राख्ने नेताहरूले पार्टी सरकारमा जाने नजानेबारे समेत नेतृत्वले प्रस्ट पार्नुपर्ने बताएका छन् ।

नेताहरूको प्रश्न र जिज्ञासाको जवाफ दिन स्थायी समिति बैठक बसेको र छलफलपछि नेता नेपालले जवाफ दिने तयारी भएको गैरेले जानकारी दिए ।

५५ जनाले बोलेर सकियो माधव समूहको केन्द्रीय कमिटी बैठक : एकमुष्ट जवाफ दिन स्थायी समिति बैठक

जसले लागूपदार्थ किन्नका लागि आफ्ना ८ छोराछोरी

५५ जनाले बोलेर सकियो माधव समूहको केन्द्रीय कमिटी बैठक : एकमुष्ट जवाफ दिन स्थायी समिति बैठक

सिएमए पढ्ने रहर अधुरै

Leave a comment

Your email address will not be published. Required fields are marked *