न्यू डायमन्डले उचाल्यो छैठौं एनभिए क्लब भलिबल महिलातर्फको उपाधि

काठमाडौं ।  विभागीय प्रतिद्वन्द्वी नेपाल एपिएफ क्लबलाई ३–१ सेटले पराजित गर्दै न्यू डायमन्ड स्पोर्ट्स क्लब छैठौं एनभिए क्लब भलिबल महिलातर्फको च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको फाइनलमा न्यू डायमन्डले उपाधि चुमेको हो। पहिलो सेट गुमाएको न्यू डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पारेको छ ।

पहिलो सेट २४–२६ को नतिजामा गुमाएको न्यू डायमन्डले त्यसपछिका लगातार तीन सेट जित्दै च्याम्पियन बन्यो। प्रतिस्पर्धात्मक खेलमा न्यू डायमन्डले दोस्रो सेट २५–२१, तेस्रो २५–१७ र चौथो सेटमा २५–१७ नतिजा निकालेको हो। सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी आर्मीलाई पराजित गर्दै एपिएफल फाइनलमा आइपुगेको हो।

यस्तै च्याम्पियन न्यू डायमन्डले पनि विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। राष्ट्रिय टोलीका खेलाडीको बाहुल्य भएको एपिएफलाई पराजित गर्दै च्याम्पियन बनेको न्यू डायमन्डले उपाधिसँगै चार लाख रूपैयाँ नगद हात पारेको छ।

यस्तै, उपविजेता एपिएफले दुई तथा तेस्रो हुने त्रिभुवन आर्मी क्लबले एक लाख रूपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिता नेपाल भलिबल संघको आयोजनामा भएको हो।

न्यू डायमन्डले उचाल्यो छैठौं एनभिए क्लब भलिबल महिलातर्फको उपाधि

कृष्ण आचार्यको ‘ब्लु डायरी’ सार्वजनिक

न्यू डायमन्डले उचाल्यो छैठौं एनभिए क्लब भलिबल महिलातर्फको उपाधि

साहज ऊर्जाको आईपीओ बाँडफाँट, १२ हजारको आवेदन

Leave a comment

Your email address will not be published. Required fields are marked *