साहज ऊर्जाको आईपीओ बाँडफाँट, १२ हजारको आवेदन रद्द

काठमाडौं । साहस ऊर्जाले निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यलयमा आज विहान आईपीओ बाँडफाँट भएको हो ।

साहस ऊर्जाको आईपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा ६ लाख ४४ हजारले मात्र १० कित्ताका दरले आईपीओ पाएका छन्।
कुल आबेदन मध्ये २३ लाख ८३ हजार ४६० जनाको आबेदन मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आबेदन रद्द भएको छ। कुल आवेदनमध्ये ११ हजार ९९६ जनाको आबेदन रद्द भएको छ भने ५ हजार २ सय ८५ वटा आबेदन डीसक्यालिफाइड भएका छन्।
साहस ऊर्जा लिमिटेडले असोज ६ गतेदेखि १० गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशन गरेको थियो।






