गस्ती गएका दुई प्रहरीमध्ये एकको शव नदीमा भेटियो, एक जना अझै बेपत्ता

कैलाली, २ कात्तिक ।

कैलालीमा गस्तीमा गएका प्रहरीको शव नदीमा फेला परेको छ। शनिबार राति मोटरसाइकलमा गस्ती गएका एक असई र एक जवानमध्ये एक जना मृत भेटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सूदुरपश्चिम प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहका अनुसार शनिबार राति असई गोविन्द बिक र जवान रामबहादुर साउद मोटरसाइकल गस्तीमा गएका थिए।

तीमध्ये एक जनाको शव मोहना नदीको बीचमा देखिएको हो। उक्त शव असई वा जवान कसको हो भन्ने भन्ने पत्ता लागिसकेको छैन। प्रहरीले अहिले शव निकाल्ने तयारी गरिरहेको छ। दुईमध्ये एउको शव भेटिए पनि एक जना भने अझै बेपत्ता छन्।

अस्थायी प्रहरी पोस्ट जुगेडाबाट गस्तीमा गएको टोली सम्पर्कमा नआएपछि खोजतलास सुरु भएको थियो । विहान स्थानीयले नदीको बीचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

गस्ती गएका दुई प्रहरीमध्ये एकको शव नदीमा भेटियो, एक जना अझै बेपत्ता

असहाय सृजनाको पढ्ने रहर

गस्ती गएका दुई प्रहरीमध्ये एकको शव नदीमा भेटियो, एक जना अझै बेपत्ता

YUGAAWHAN NATIONAL DAILY (2077-07-02)

Leave a comment

Your email address will not be published. Required fields are marked *