जनप्रतिनिधिलाई दसैं भत्ता नलिने व्यवस्था गर्न भीम रावलको माग

काठमाडौं, २ कात्तिक ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले कुनै पनि जनप्रतिनिधिलाई दसैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन् ।

कोरोना महामारीमा पनि सांसदहरूले दसैं भत्ता बुझेको खबर सार्वजनिक भएपछि सांसदसमेत रहेका रावलले भत्ता नलिने व्यवस्था गर्न माग गरेका हुन्। आइतबार ट्वीट गर्दै रावलले आफ्नो खातामा पनि भत्ताको रकम राखेको थाहा पाएको उल्लेख गरेका छन्।

‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो,’ रावलले भनेका छन्, ‘हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस्।‘ सांसदहरूले दसैं भत्ता लिन नहुने उनको भनाइ छ। ‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ। मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ,’ उनले भनेका छन्। दसैं भत्ताको रकम नलिन कुनै कानुन संशोधन गर्न वा नयाँ कानुन बनाउनुपर्ने पनि रावलले बताएका छन्।

जनप्रतिनिधिलाई दसैं भत्ता नलिने व्यवस्था गर्न भीम रावलको माग

दूधको उचित मूल्य पाउन थालेपछि सल्यानका किसान

जनप्रतिनिधिलाई दसैं भत्ता नलिने व्यवस्था गर्न भीम रावलको माग

असहाय सृजनाको पढ्ने रहर

Leave a comment

Your email address will not be published. Required fields are marked *