जनहितकारीको एक लाख ११ हजार सहयोग

सुर्खेत, २२ चैत ।

जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर–४ ले वडा नं. ४ कै वडा विपद् तथा जलवायु उत्थानशिल समितिलाई सहयोग रकम हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास र सरकारले लगाएको लकडाउनबाट दैनिक ज्याला, मजदुरी गरी जिविकोपार्जन गर्ने परिवारलाई आवश्यक सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको हो ।

सहकारीले १ लाख ११ हजारको चेक सहकारीका अध्यक्ष हरिहरनाथ योगीले वडा अध्यक्ष निलकण्ठ खनाललाई शनिबार हस्तान्तरण गरेका थिए । सहकारीले आफ्नो समुदायप्रतिको उत्तरदायित्व निर्वाह गरेको सहकारीका अध्यक्ष योगीले बताए । उनले भने ‘विपद्, महामारीका क्रममा शेयर सदस्य तथा अन्य समुदायमा समेत सहयोग पु¥याउँदै आएका छौं ।’

वडा अध्यक्ष खनालले सहकारीले यस्ता विपद्, महामारीका क्रममा होस आफना सदस्यहरुमा पर्ने विभिन्न समस्यामा सहयोग पु¥याउने गरेकोमा प्रशंसा गरे । वडामा प्राप्त भएको रकमबाट वडाभित्रका खोला किनार, सुकुम्बासी वस्तीमा रहेका न्यून आयस्रोत भएका परिवारलाई खाद्य सामाग्री खरिद गरी हस्तान्तरण गरिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया