जुम्लाका अलपत्र नागरिकको उद्दार

काठमाडौं, १० बैशाख । काठमाडौं र भक्तपुरमा अलपत्र जुम्लाका नागरिकहरुको उद्दार गरिएको छ । मजदुरी गर्न र पढ्न काठमाडौं, भक्तपुर पुगेका उनीहरु लकडाउनले अत्रपत्र परेका थिए । संविधान कलेज अफ हेल्थ साइन्स हस्पिटलका अध्यक्ष तथा युवा नेता पसल रोकाय र गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव उमकान्त अधिकारीको पहलमा उनीहरुलाई उद्दार गरी गाडी रिजर्भ गरेर पठाइएको […]

भारतबाट आएका ८७ को नेगेटिभ

सुर्खेत (चौकुने), १० बैशाख । चौकुने गाउँपालिकामा भारतबाट फर्किएका नागरिकहरुको ¥यापिड टेस्ट गरिएको छ । चौकुने गाउँपालिकाको वडा नं.–१, २ र ३ मा भारतबाट आएका ८७ जनाको कोरोना ¥यापिड टेस्ट गरिएको थियो । परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । वडा न. १ का ३५ जना, वडा न. २ का ३८ जना र वडा नं. ३ […]

2077-01-10

YUGAAWHAN NATIONAL DAILY (2077-01-10)

सभामुख शाहीद्धारा स्वास्थ्य सामाग्री

दैलेख (चामुण्डा), ९ बैशाख । कर्णाली प्रदेश सभा सभामुख माननीय राजबहादुर शाहीले चामुण्डाविन्द्रासैनीलाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । मंगलबार सभामुख शाहीले कोरोना भाइरस फैलिन नदिन चामुण्डाविन्द्रासैनी स्वास्थ्य सामाग्रीहरु सहयोग गनर््ु भएको हो । उहाँले वितरण गरेको अतिआवश्यक पिपिआर लगायतका स्वास्थ्य सामाग्रीहरु रहेका छन् । चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सूर्यबहादुर शाहीले सभामुख शाहीलाई धन्यवाद ज्ञापन गदै […]

कपुरकोटका २७६ जना क्वारेन्टाईनमा

शंकर केसी सल्यान, ९ बैशाख । गत चैत्र एक गतेदेखी नै हेल्थ डेस्क स्थापना गरेर कोरोना रोकथामको कदम चालेको सल्यानको कपुरकोट गाउँपालिकाले दुई सय ७६ जना नागरिकहरुलाई उद्धार गरेर कवारेन्टाईनमा राखेको छ । काठमाण्डौँ, भक्तपुर, ललितपुरका विभिन्न ईट्टाभट्टा तथा बागलुङ, स्याङ्जा, धादिङ, नुवाकोट, रसुवा लगाएतका जिल्लाबाट हालै कपुरकोट गाउँपालिकाभित्रका मात्रै दुई सय ७६ जना नागरिकहरु […]

डोल्पामा पहिलो पटक यार्सा संकलनमा रोक

रामचन्द्र न्यौपाने डोल्पा, ९ बैशाख । हिमाली जिल्ला डोल्पामा पहिलो पटक वहुमुल्य जडिबुटी यार्सागुम्बाको संकलनमा रोक लगाइएको छ । विश्भर महामारीको रुपमा फैलिरहेको नोवोला कोरोना भाइरस (कोभिड–१९) बिरुद्ध पुर्व सतर्कता अपनाउनका लागि संकलनमा रोक लगाइएको हो । मंगलबार सदरमुकाम दुनैमाबसेको जिल्ला विपत व्यवस्थापन समितिले यस बर्ष यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णय गरेको हो । अहिलेको […]

पलाताका ६० नागरिकहरुकोे उद्दार

तुलराज पाण्डे कालिकोट, ९ बैशाख । पलाँता गाउँपालिका कालीकोटले आफ्नो पालिकाका स्थायीबासी नागरिकको उद्दार गरेको छ । कर्णाली प्रदेश सरकार, स्थानीय गृह प्रशासनसंगको समन्वयमा नेपालगन्ज, कोहलपुर, सुर्खेतमा अलपत्र परेका नागरिकहरुको उद्दार गरिएको हो । ब्यक्तिगत लगानीमा लकडाउनले गर्दा अलपत्र परेका कालिकोट जिल्लाका ६० जना नागरिकको पलाँता गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले उद्दार गरी कालिकोट पु¥याएका […]

भारतबाट आएका ८ सहित १ जनाको आरडिटी रिपोर्ट नेगेटिभ

रामचन्द्र न्यौपाने डोल्पा, ९ बैशाख । डोल्पाको जगदुल्ला गाउँपालिकामा परिक्षण गरिएका ८ सहित गाउँमै रहेका १ जनाको आरडिटी परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पतालको टोेली मंगलबार गाउँपालिकामै पुगेर परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । परिक्षण गरिएका मध्ये ८ जना भारतबाट आएका र १ गाउँमै बसेका बिरामि स्थानीय भएको जगदुल्ला गाउँपालिकाले जानकारी […]

चिंगाडको राहात वितरणमा विवाद

सुर्खेत (चिङ्गाड), ९ बैशाख । सुर्खेतको चिङ्गाड गाउँपालिकामा कोरोनाको मजदुर तथा विपन्नलाई राहात वितरण गर्ने विषयमा विवाद देखिएको छ । गाउँपालिकाका केही वडाहरुले राहात वितरणमा विभेद गरेको भन्दै विवाद देखीएको हो । विवादका कारण वडा नम्बर २ मा राहात नै वितरण हुन सकेको छैन् । राहात दिने नामवली छनौंटमा विवाद भए पछि राहात वितरण हुन […]

दैलेखमा पाटे बाघ मृत भेटियो

अमर सुनार दैलेख, ९ बैशाख । दुल्लू नगरपालिका–३ तियाडीको जंगलमा चितुवा प्रजातिको पोेथी पाटे बाघ मृत फेला परेको छ । स्थानीय र प्रहरीको सूचना आधारमा मृत बाघ वन डिभिजन कार्यालय दुल्लूका फरेष्टर नन्दराम महताराको टोलीले घटना स्थलबाट जिल्ला सदरमुकाममा पु¥याएर कार्यालय हातामा मरेको पाटे बाघ गाडीएको सहायक वन अधिकृत नवराज पौडेलले जानकारी दिए । अन्दाजी […]

भीरबाट खसेर मृत्यु

अमर सुनार दैलेख, ९ बैशाख । भगवतीमाई गाउँपालिका–४ तुर्सुका ३२ वर्षीय वेगबहादुर दमाईको भीरबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय धेलेको भीरमाघाँस काट्न गएको बेला लडेर डेढ सय मिटर तल खोल्सामा खस्दा घटना स्थलमै उनको ज्यान गएको बेस्तडा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक जीतबहादुर खड्काले बताए ।  साथमा गएकी वेग बहादुर की […]

कोरोनाले : दुध बिक्री नहुँदा मारमा किसान

सुर्खेत, ९ बैशाख । सरकारले कुनै पनि राजनीतिक दल विभाजनका लागि खुकुलो प्रावधानसहितको अध्यादेश मन्त्रिपरिषद्बाट पारित गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बसेको बैठकले कुनै पनि पार्टीको संसदीय दल वा केन्द्रीय कमिटीमध्ये कुनै एकमा ४० प्रतिशत भए पुग्ने गरी अध्यादेश पारित गरेको हो ।  यससँगै अब कुनै पनि पार्टी फुटाउन सजिलो हुने […]

सिम्ताको सबैको रिर्पोट नेगेटिभ

दुर्गा विसी/ सुर्खेत (सिम्ता), ९  वैशाख । सुर्खेतको सिम्ता गाउँपालीकाको क्वारेन्टाईनमा वसेका सवैको रिर्पोट नेगेटिभ आएको छ । भारतको गौरिफन्टा नाकाबाट आएका सिम्ताका विभिन्न स्थानका नागरिकलाई सिम्ता गाउँपालीकाले वागेश्वरी माविमा रहेको क्वारेन्टाईनमा राखेको थियो । क्वारेन्टाईनमा वसेका सवैको रिर्पोट नेगेटिभ आए पछि उनीहरुलाई घर पठाएको छ । भारतको गौरिफन्टा नाकाबाट भित्रीएका सिम्ताका स्थानीयलाई महेन्द्र वहुमुखि […]