सभामुख शाहीद्धारा स्वास्थ्य सामाग्री

दैलेख (चामुण्डा), ९ बैशाख ।
कर्णाली प्रदेश सभा सभामुख माननीय राजबहादुर शाहीले चामुण्डाविन्द्रासैनीलाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । मंगलबार सभामुख शाहीले कोरोना भाइरस फैलिन नदिन चामुण्डाविन्द्रासैनी स्वास्थ्य सामाग्रीहरु सहयोग गनर््ु भएको हो । उहाँले वितरण गरेको अतिआवश्यक पिपिआर लगायतका स्वास्थ्य सामाग्रीहरु रहेका छन् ।

चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सूर्यबहादुर शाहीले सभामुख शाहीलाई धन्यवाद ज्ञापन गदै आफै ब्यक्तिगत खर्च तथा अगुवाईमा भएको वितरण यो विपतको बेलामा निकै राम्रो काम भएको बताउनु भयो । यसैगरी भैरवी गाउँपालिका र दुल्लु नगरपालिकामा औषधी तथा अन्य सामाग्रीहरु सहयोग कार्य सम्पन्न भएकाले अब ठाँटिकाँध गाउँपालिका र आठविस नगरपालिकामा समेत सहयोग गर्ने कार्यक्रम रहेको सभामुख शाहीले जानकारी दिनुभयो ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी नेकपा निर्वाचन क्षेत्र नं. २ को प्रदेश –ख) का अध्यक्ष बखत भण्डारीले नगरपालिकालााई स्वास्थ्य सामाग्रीहरु सहयोग गर्नु भएको छ । स्वास्थ्य सामाग्री सहयोग गर्ने अध्यक्ष भण्डारीलाई नगर प्रमुख शाहीले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

सभामुख शाहीद्धारा स्वास्थ्य सामाग्री

YUGAAWHAN NATIONAL DAILY (2077-01-10)

Leave a comment

Your email address will not be published. Required fields are marked *