नेकपा एकताका दुई वर्ष : समिक्षा

विष्णु रिजाल नेकपा केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख मलुकका दुई प्रमुख कम्युनिस्ट पार्टीबीच एकता भएको दुई वर्ष पुगेको छ । हतारको घोषणा र फुर्सतको लेखाजोखाले गर्दा होला, पार्टीलाई संस्थागत परिपाटीमा लैजान र एकतालाई मजबुत बनाउनतिर यस अवधिमा ध्यान जान सकेन । स्वरूपमा एक भए पनि आन्तरिक रूपमा दुई पार्टी मात्र कायम छैनन, हिजोका समूहहरू पनि यथावत् […]

राजिव शाहमार्फत कर्णालीमा करोडका स्वास्थ्य सामाग्री

सुर्खेत, ४ बैशाख । जाजरकोटका पूर्व सांसद तथा सामाजसेवी राजिवविक्रम शाहले कर्णाली प्रदेशमा ठुलो परिमाणमा स्वास्थ्य सामाग्री सहयोग गर्ने भएका छन् । कोरोना भाईरस नियन्त्रण, रोकथाम, उपचार तथा राहतमा सहयोग पुरयाउने उद्देश्यले करोडबढी मुल्यको अत्याधुनिक स्वास्थ्य उपकरण सहयोग गर्न लागेका हुन । प्रदेश सरकारले स्थापना गरेकाे प्रदेश विपद् काेषमा नगद तथा जिन्सी सामाग्री मध्ये अहिले […]

YUGAAWHAN NATIONAL DAILY (2077-02-04)

नीति तथा कार्यक्रममा समेटिए कर्णालीका ठूला पूर्वाधार

प्रकाश अधिकारी (रासस) सुर्खेत, ४ जेठ । संघीय सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि ल्याएको नीति तथा कार्यक्रममा कर्णालीका ठूला पूर्वाधार समेटिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा केही पुरानासहित नयाँ योजना समेटिएपछि कर्णालीवासीको मिश्रित प्रतिक्रिया आएको छ । स्वास्थ्य, कृषि, उत्पादन तथा रोजगार मुख्य प्राथमिकता […]

व्यवसायीका समस्या अध्ययन गर्न समिति

सुर्खेत, ३ बैशाख । सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खड्काको संयोजकत्वमा विशेष समिति गठन गरेको छ । कोरोना भाईरस नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको असर र क्षतिको अवस्था मुल्यांकन गर्न विशेष समिति गठन गरिएको छ । संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काको संयोजकत्वमा गठन भएको समितिले उद्योग वाणिज्य क्षेत्रमा परेको प्रभाव बारे अध्ययन, अनुसन्धान, […]

भारतबाट आएकाहरु सिधै क्वारेन्टाइनमा

अमर सुनार दैलेख, ३ जेठ । भारतका विभिन्न स्थानबाट शनिवार जिल्ला भित्रिएका ९६ जना युवाहरुलाई चार स्थानका क्वारेन्टाइनमा राखिएको छ । यस अघि होम क्यारेण्टाइनमा नियम पालना नभएको भन्ने सिकायत आएको कारण उचित व्यवस्थापन सहित क्वारेण्टीनमा राख्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिनुभयो । नारायण नगरपालिका २० र भगवतीमाईका २ समेत २२ […]

सल्यानमा भारतबाट ६ हजार ८६ भित्रिँदै

दुर्गा विसी सल्यान (सल्लीबजार), ३ जेठ । सल्यान पश्चिममा रहेको एक नगरपालिका भित्र भारतमा मजदुरी गर्न गएकाको संख्या ६ हजार ८६ रहेको छ । बनगाड कुपिण्डे वडा नं. ४, ५ र ६ का मात्रै शनिबार १ सय वढी नेपालगञ्ज नाकामा थन्किएको खबर छ । भारतबाट नेपाल आउँदै गरेका महेन्द्र वुढाका अनुसार रुपैडिया नाकामा अड्किएको बताउनुभयो […]

कोरोनाबाट मान्छे असुरक्षित मान्छेबाट वन्यजन्तु !

दीपक बुढा सुर्खेत, ३ जेठ । मानव जातिको विनासमा विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिएको छ । कोरोना संक्रमणबाट विश्वभर शनिबार दिउँसोसम्म मृत्यु हुनेको संख्या ३ लाख १० हजार पुगेको छ । नेपालमा संक्रमितको संख्या २७६ जना पुगेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउन दुई महिना पुग्नै लाग्यो । […]

कोरोना संक्रमितको संख्या २७८ पुग्यो

काठमाण्डौ, ३ जेठ । शनिबार थप दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । यसअघि बिहान ९ जनामा कोरोना भाइसको सक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या दुई सय ७८ पुगेको छ । कोरोना […]

सुत्केरीको कोरोना भाइरस संक्रमणबाट निधन

काठमाडौँ, ३ जेठ । धुलिखेल अस्पतालमा बिहीबार बेलुकी निधन भएकी सुत्केरी महिलाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको पुष्टि भएको छ । आठ दिनअघि त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी ३० वर्षीया महिलाको बिहीबार बेलुकी धुलिखेल अस्पतालमा निधन भएको हो । धुलिखेल अस्पतालका एक चिकित्सकले श्वासप्रश्वासमा समस्या उत्पन्न भएर अस्पतालमा भर्ना भएकी ती महिलामा […]

कोरोना कहरमा रोजगारी र उत्पादनमा सहकारीको साथ

हरिहरनाथ योगी (सञ्चालक), राष्ट्रिय सहकारी बैंक काठमाडौं (अध्यक्ष) जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर–४, सुर्खेत दैलेखको गमौडीमा जन्मिएका हरिहरनाथ योगी सहकारी अभियान्ता हुन् । सुर्खेतमा सहकारीलाई स्थापित गर्नमा उनको योगदान छ । योगीले एसएलसी दिए लगत्तै अस्थायी नियुक्ती लिएर निजामति जागिरबाट जागिरे यात्रा शुरु गरे । त्यही समयमा युनाइटेड मिसन टु नेपालमासमेत काम […]

खानापछि एकको मृत्यु, दुईको अवस्था गम्भिर

रामचन्द न्यौपाने डोल्पा, ३ जेठ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने रल्ली गाउँका एकै घरका तीन जना खाना खाएपछि एकाएक बेहोस भएका थिए । बेहोस भएका एक जनाको मृत्यु भएको छ भने दुई जना अचेत अवस्थामा रहेका छन् । मृत्यु हुनेमा ३२ बर्षिया श्रीमान सुकलाल कुलाल हुन । मृतक कुलालकी २७ बर्षिया श्रीमती बिन्दु […]

जुलुस गर्दा प्रहरीले नियन्त्रणमा लिई छाड्यो

अमर सुनार दैलेख, ३ जेठ । भारतले लिपुलेकमा सडक निर्माण गरेको प्रसंगमा सदरमुकाममा शुक्रवार साँझ राँके जुलुस गरेको आरोपमा नेपाल विद्यार्थी संघका १६ जना जिल्ला नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ । लकडाउन उलंघन गरेको कारण उनीहरुलाई नियन्त्रणमा लिई छाडिएका दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए । लकडाउन उलंघनको आरोपमा नियन्त्रणमा लिइएका नेपाल […]