मन्त्रिपरिषदको निर्णय जेठ २० गतेसम्म लकडाउन

काठमाडौं, ४ जेठ । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । यसअघि सरकारले जेठ ५ गतेसम्म लकडाउन घोषणा गरेको थियो । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका […]

‘लकडाउन’ १५ दिन थप्दै कडाइ गर्न सरकारलाई सिफारिस

काठमाण्डौ, ४ जेठ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउँदै थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको छ । लकडाउन लम्ब्याउनेबारेमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । नेपालमा कोरोना संक्रमणको अवस्था हेरेर १५ दिनसम्म लकडाउनको अवधि थपिन सक्ने बताइएको छ । आइतबार बसेको समिति बैठकले जेठ ५ गतेपछि लकडाउन थप कडाइ गर्न सरकारलाई सिफारिस […]

पत्रकारहरुको कोरोना परीक्षण

अमर सुनार दैलेख, ४ जेठ । जिल्लाका क्रियाशील पत्रकारहरुमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भए नभएको पत्ता लगाउन आज १८ जना पत्रकारहरुको नेजोफ्राञ्जियल स्वाव संकलन गरिएको छ । नेपाल पत्रकार महासंघको समन्वयमा स्वास्थ्य सेवा कार्यालय दैलेखले स्वाव संकलन गरेको हो । संकलित नेजोफ्राञ्जियल स्वाव परीक्षणका लागि कर्णाली प्रदेश प्रयोगशाला सुर्खेत पठाइएको र यसको रिजल्ट ४–५ […]

कोरोना राहत कोषमा सुर्योदय लघुवित्तकाे ५० हजार सहयोग

दुर्गा विसी सल्यान, ४ जेष्ठ । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको कोरोना राहत कोषमा सहयोग गर्ने दाताहरु दिनप्रतिदिन थपिदै गएका छन् । हालसम्म नगरको कोरोना राहत कोषमा सुर्योदय लघुवित्त सल्लिवजारले शाखाले ५० हजार, दलित विकास संघले १० हजार, चेतना सामाजिक संघले ७ हजार, महिला सह्यात्राले १५ हजार, वातावरण वहुउद्देश्य सहकारीले ४० हजार, उद्योग बाणीज्य संघ सल्यानले […]

कोरोनाबाट आमा गुमाएका १२ दिने शिशुलाई हजुरआमाकाे हेरचाहमा

काठमाडौँ, ४ जेठ । कोरोना भाइरसको संक्रमणका कारण गत बिहीबार बेलुकी मृत्यु भएकी महिलाको १२ दिने शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको आफन्तजनले बताएका छन् । धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएका शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी चिकित्सकहरुले आफूहरुलाई दिएको आफन्तले बताएका हुन् । शिशुको अवस्था सामान्य रहेको जानकारी अस्पतालका स्वास्थ्यकर्मीले दिएको आफन्त राजकुमार लामिछानेले बताए । […]

रुपैडियानाकाबाट आएका २८ जनालाई क्वारेन्टाइनमा राखिने

जुम्ला, ४ जेठ । रुपैडिया नाकाबाट आएका जुम्लाका २८ जनालाई कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिने भएको छ । जिल्लाको नाग्म सिमानामा आउनेबित्तिकै नेपाली सेना र जिल्ला प्रहरीद्वारा स्कर्टिङ गरेर कडा सुरक्षाका साथ सिधै क्वारेन्टाइनमा राखिने जनस्वास्थ्य कार्यालय प्रमुख कृृष्ण सापकोटाले बताउनुभयो । प्रदेश राजधानीबाट मुगु र डोल्लाका नागरिक पनि जिल्ला प्रवेश गर्ने प्रमुख नाका जुम्लाको […]

लकडाउन दुई हप्ता थप्ने सरकारको तयारी

काठमाडौँ, ४ जेठ । वैशाख २५ गते थप गरिएको लक डाउन सोमबार सकिने भए पनि सरकारले फेरि कम्तीमा दुई हप्ता लक डाउन लम्ब्याउने तयारी गरेको छ । दिनदिनै कोरोना भाइरसको संक्रमित बढिरहेको र शनिबार कोभिड–१९ कै कारण सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको मृत्यु भएपछि सरकार लक डाउन लम्ब्याउने तयारीमा पुगेको हो । कोरोना रोकथाम तथा उपचारका […]

कोरोनाबाट मृतकको संख्या २ पुग्यो

बाँके, ४ बैशाख । बाँके नरैनापुरका आइतबार बिहान निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएकाको संख्या दुई पुगेको छ । यो समाचार पनि पढ्नुहोस : बाँकेमा क्वारेन्टाइन बसेका युवकको मृत्यु

लालीदेखि तिङ्करसम्म सुरक्षा पोष्ट बन्दै, स्थानीय हर्षित

नरेन्द्रसिंह कार्की (रासस) दार्चुला, ४ जेठ । दार्चुलाको लेकमदेखि व्यासको तिङ्करसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरीका पोष्ट राखी सीमाको निगरानी बढाइएको छ । भारतसँग सीमा जोडिएको लेकम गाउँपालिकाको वडा नं ३ लाली रत्यौडादेखि भारत र चीनको सीमा जोडिने व्यास गाउँपालिका वडा नं १ को तिङ्करसम्म ती दुई सुरक्षा निकाय कार्यरत रहेका छन् । अहिले सशस्त्र […]

क्वारेन्टाइनका २० जनाको कोरोना परिक्षण

दुर्गा विसी सुर्खेत, ४ बैशाख । सल्यान पश्चिमको बनगाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइन वसेकाको आरडिटि र पिसिआर चेकजाँच गरिएको छ । जिल्ला स्वास्थ्य कार्यलय सल्यानको प्रविधिक सहयोग र बनगाड कुपिण्डे नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा देश भित्रका वारा, धादिङ, रामेछापबाट आएका ११ जनाको आरडिटि चेकजाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएका ७ जना र बाराबाट […]

बाँकेमा क्वारेन्टाइन बसेका युवकको मृत्यु

बाँके, ४ जेठ । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको छ । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको हो । क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् । नरैनापुर–५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए […]

जाजरकोटमा महिलाको मृत्यु : श्रीमान र ससुरा पक्राउ

जाजरकोट, ४ जेठ । जाजरकोट बारेकोट–६ ताँसीकी २२ बर्षिया जेनिसा नेपालीको संकास्पद मृत्यु भएपछि मृतकका श्रीमान् र ससुरालाई प्रहरीले पक्राउ गरेको छ । घटना बारे अनुसन्धानका लागी प्रहरीले मृतकका श्रीमान् बारेकोट–६ ताँसी निवासी २४ बर्षिया अविनास वि.क. र ६० बर्षिया ससुरा दलवीर कामीलाई पक्राउ गरेको हो । गत २७ बैशाखमा जेनिसाको संकास्पद मृत्यु भएपछि मृतकका […]

कर्णालीका मुख्यमन्त्री शाहीको राजीनामा माग (अडियोसहित)

सुर्खेत, ४ जेठ । गृह जिल्ला कालीकोटकै स्थानीय मतदाताहरुले नै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको राजीनामा माग गरेका छन् । मुख्यमन्त्री शाही निर्वाचित प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का स्थानीय मतदाता नागरिकहरुले स्वतस्फुर्त रुपमा मुख्यमन्त्रीको राजिनामा मागेका हुन । भ्रष्टाचारका आरोपितलाई बचाउन खोजेको र भ्रष्टाचार गर्न सघाएको आरोप लगाउँदै मुख्यमन्त्री शाहीकै निर्वाचन क्षेत्रबाट लकडाउनको […]