लकडाउनमा खुल्ने बैंककाे दिन, बार तोकियो (विवरणसहित)

सुर्खेत, ७ जेठ । कोरोना भाईरस नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनमा बैंक तथा वित्तिय संस्थाहरु खुल्ने बारेमा जनगुनासो आएपछि समय तोकिएको छ । कुन बैंक कहिले, कहिले खुल्छ ? भनेर बैंकका कर्मचारी र आम सर्वसाधारण अन्यौल भैरहेको गुनासो आएपछि राष्ट्र बैंक सुर्खेत कार्यालयले दिन, बार र समय तोकिदिएको हो । सुर्खेतमा प्रादेशिक र शाखा […]

२५ जना नयाँसहित ४२७ जना काेराेना संक्रमित

काठमाडौँ, ७ जेठ । नेपालमा बुधबार थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४२७ पुगेको छ । अहिलेसम्म ३८ जिल्लामा संक्रमण देखिएको छ । बुधबार देखिएका संक्रमित ३ देखि ४८ वर्ष उमेर समूहका छन् । यीमध्ये ७ महिला र १८ पुरुष छन् । एकजना कपिलवस्तुका ३ वर्षीय […]

प्रहरी जवान मृत्यु प्रकरण, असईसहित चार जना विरुद्ध किटानी जाहेरी

सुर्खेत, ७ जेठ । सुर्खेतको सिम्ता गाउँपालिका–३ स्थित प्रहरी चौकी आग्रीगाउँ देउली डाँडामा कार्यरत प्रहरी जवान मृत भेटिएको घटनाको किटानी जाहेरी दर्ता गरिएको छ । पिडित परिवारको तर्फबाट मृतकका दाजु याम बहादुर खड्काले किटानी जाहेरी दर्ता गराएका हुन । प्रहरी चौकी देउलीका इन्चार्ज प्रहरी सहायक निरिक्षक मान बहादुर आले र एक हल्दारसहित ४ जना जनाको […]

बाढीको पूर्वसूचना अब मोबाइलमा

सुर्खेत, ७ जेठ । सुर्खेतमा अब बाढी पहिरोको पूर्व सूचना मोबाइलमा एसएमएसबाट नै आउने भएको छ । जल तथा मौसम विज्ञान विभागमार्फत् वीरेन्द्रनगर नगरपालिका र अन्य सरोकारवाला संस्थाहरूको समन्वयमा बाढीको पूर्व सूचना मोबाइल एसएमएस प्रणालीको स्थापना गरिएको हो । आकस्मिक बाढीको पूर्व सूचना बाढी आउनु केही घण्टा अगावै जनतासम्म र्पुयाउने र जनधनको क्षती न्यूनीकरण गर्न […]

सरकार र जनताले सोचेको नाथे कोरोना

रामचन्द्र न्यौपाने/पत्रकार डोल्पा                                                                                                          […]

नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं, ७ जेठ । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् । नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । यसअघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेन नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताइन् । उनले […]

कोरोना नियन्त्रणमा थप सतर्कता र परीक्षण बढाइँदै

सुर्खेत, ७ जेठ । कर्णालीमा पनि कोरोनाको संक्रमण देखिएको छ । देशका अन्य प्रदेशमा संक्रमणको दर बढ्दै जाँदा सुरक्षित रहेको कर्णालीमा पनि अन्नतः संक्रमण भित्रिएको छ । दैलेखको आठविस नगरपालिकाका एक युवामा सोमवार कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै कर्णालीमा पनि खतराको संकेत देखा परेका छ । दैलेखको आठविस नगरपालिका–१ सात्तलाका ३५ वर्षिय युवामा […]

खोर्केदेखि गढी पदमार्ग निर्माणको काम सुरु

सुर्खेत, ७ जेठ । वीरेन्द्रनगर–४ को खोर्केदेखि वीरेन्द्रनगर–१४ गढीसम्मको पुरानो सडकलाई पदमार्ग नामाकरण गरी निर्माणको काम थालिएको छ । वडा नं. ४ का वडा सदस्य कृष्णप्रसाद गौतम, पदमार्ग निर्माण समितिका अध्यक्ष नगेन्द्रबहादुर सिंह, सचिव अमरबहादुर कार्कीलगायतको उपस्थितिमा पदमार्गको शिलान्यास गरी काम थालिएको हो । कर्णाली प्रदेश सरकारको करिव ८५ लाखको लागतमा थालिएको सो पदमार्गको पहिलो […]

काँग्रेसको सुर्खेतका सबै तहलाई सहयोग

सुर्खेत, ७ जेठ । नेपाली काँग्रेस सुर्खेतले जिल्लाका ९ वटै स्थानीय तहमा नगद तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाईरस नियन्त्रण, रोकथाम, उपचार तथा राहतमा सहयोग पुरयाउने उद्देश्यले सुर्खेतका सबै स्थानीय तहलाई सहयोग उपलब्ध गराएको हो । एकद्धार प्रणालीबाट उपलब्ध गराउने प्रदेश तथा स्थानीय तहहरुको निती अनुसार सहयोग रकम तथा स्वास्थ्य सामाग्रीहरु स्थानीय […]

YUGAAWHAN NATIONAL DAILY (2077-02-07)

सिम्ताका मावि र निमावी क्वारेन्टाइन बनाइँदै

दुर्गा विसी सिम्ता, ७ जेठ । सिम्ता गाउँपालिकामा भारतबाट भित्रने तयारीमा रहेका करिव ४ हजार बढी नागरिक लागि वडा वडामा क्वारेन्टाइनको व्यवस्थापन गरिँदै छ । सिम्ता गाउँपालिकाको यस अघि एउटा मात्रै क्वारेन्टाइन वागेश्वरी मावि राकममा रहेको थियोे । आफ्ना नागरिक भारत तथा अन्यमुलकबाट भित्रने भन्दा पूर्व तयारी स्वारुप गाउँपालिकाको ९ वटै वडाका मावि निमावि र […]

साँझपख बत्ति गए अरु सुत्छन्, हामी जङ्गलतिर दौड्नुपर्छ, बत्ती गए फेसबुक हेर्नुहोस्

टंकराज गिरी कार्यालय प्रमुख, नेपाल विद्युत प्राधिकरण, सुर्खेत भनिन्छ नि चाहाना भए, बाहाना बनाउनु पर्दैन, हो त्यही चाहानाले भरिएको एउटा नाम हो टंकराज गिरी । विस २०३७ साल कातिक २७ गते बुवा तुलाराज र आमा बाचु गिरीबाट जुम्लाको तातोपानी गाउँपालिका–५ श्रीनगरमा उनको जन्म भएको छ । पहिलो सन्तान भएकाकारण बुवाआमाको जति माया पाए, त्यतिकै संघर्षको […]

परीक्षण कक्षका लागि बबईमा जग्गा भेटिएन, छिन्चुमा विवाद

सुर्खेत, ७ जेठ । पछिल्लो समय भारतबाट कर्णालीबासीहरु भित्रिन थालेका छन् । लकडाउनकै बिचमा भारतमा मजदुरीका लागि गएकाहरु सिमा नाकासम्म आएपछि प्रदेश सरकारले उद्दार सुरु गरेको छ । यद्यपी उनीहरुसँगै कोरोना पनि भित्रिने खतरा उत्तिकै छ । यसका लागि प्रदेश सरकारले उद्दारसँगै उनीहरुमा कोरोनाको पनि परीक्षण गरिने जनाएको छ । कर्णाली प्रदेशमा भित्रने सुर्खेतको बबई, […]