भारतबाट आएकाहरु सिधै क्वारेन्टाइनमा

अमर सुनार
दैलेख, ३ जेठ ।
भारतका विभिन्न स्थानबाट शनिवार जिल्ला भित्रिएका ९६ जना युवाहरुलाई चार स्थानका क्वारेन्टाइनमा राखिएको छ । यस अघि होम क्यारेण्टाइनमा नियम पालना नभएको भन्ने सिकायत आएको कारण उचित व्यवस्थापन सहित क्वारेण्टीनमा राख्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिनुभयो ।

नारायण नगरपालिका २० र भगवतीमाईका २ समेत २२ जनालाई सदरमुकाममा, महाबु गाउँपालिकाका ४४ जनालाई गैंडाबाजमा, दुल्ल नगरपालिका ९, चामुण्डाबिन्द्रासैनी नगरपालिका २ र भैरबी गाउँपालिका १२ समेत २३ जना दुल्लूमा र गुराँसका २ एवं डुंगेश्वर गाउँपालिकाका ५ समेत ७ जनालाई गुराँसेको क्वारेण्टीनमा राखिएको बताइएको छ ।

एकै ठाउँमा राख्दा क्वारेण्टीनमा राखिएकोहरुलाई खाना, बसाई र आवश्यकतामा औषधि गर्न लगायतका काममा सहयोग पुग्ने भएकोले पायक पर्ने गरी पालिकाहरुको समन्वयमा चार स्थानका क्वारेण्टीनमा राखिएको भैरबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरासिंह थापाले जानकारी दिनुभयो ।

लकडाउनकै बेला पनि भारतले नेपालको सिमामा ल्याई छोडेकाहरुलाई सम्वन्धित जिल्ला प्रशासन कार्यालयले जिल्लामा पुरयाउने सरकारको निर्देशन अनुसार दैलेखका ९६ जनालाई यी चार स्थानका क्वारेण्टीनसम्म पु¥याउन यातायात व्यवस्था गरिएको हो । यसअघि भारत र तेश्रो मुलुकबाट आएका १४ सय ३७ जनामध्ये चामुबिन्द्रासैनी नगरपालिकामा भित्रिएका १ सय ९२ सबैलाई १४ दिनभन्दा बढी क्वारेण्टीनमा राखिएको तर अरु पालिकाहरुले क्वारेण्टीन व्यवस्थित गर्न नसकेको भन्ने सिकायतको आधारमा यसपटक जिल्ला भित्रिन लागेको जानकारीका आधारमा पूर्व तयारी गरी सबैलाई सोझै क्वारेण्टीनमा राख्ने व्यवस्था मिलाइएको जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले बताउनुभयो ।

पालिकाहरुले व्यवस्थापन गरेका क्वारेण्टीनमा नियम पालना गराउन महाबु गाउँपाकिाको गैडाबाझमा नेपाली सेनाको टोली खटाइएको छ भने दुल्लू, गुराँसे र दैलेख सदरमुकामको क्वारेण्टीनमा जनपथ प्रहरी र सशस्त्र प्रहरीको टोली सुरक्षा व्यवस्थाको लागि खटाइएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिनुभयो ।

भारतबाट आएकाहरु सिधै क्वारेन्टाइनमा

सल्यानमा भारतबाट ६ हजार ८६ भित्रिँदै

भारतबाट आएकाहरु सिधै क्वारेन्टाइनमा

व्यवसायीका समस्या अध्ययन गर्न समिति

Leave a comment

Your email address will not be published. Required fields are marked *