खाँडाचक्रका २६ घरधुरीमा एक घर एक धारा

तुलराज पाण्डे कालिकोट, २६ जेष्ठ । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा एक घर एक धारा जडान अभियान सुरु भएको छ । नगर प्रमुख जसीप्रसाद पाण्डेले एक कार्यक्रमवीच एक घर एक धाराको उद्घाटन गरेका थिए । कोरोना भाईरस (कोभिड–१९) बच्नको लागि सरसफाईका लागि दैनिक रुपमा प्रयोगमा आउने खाने पानी, कपडा धुने र सरसफाई को लागि महत्वपूर्ण भुमिका […]

कर्णालीमा थप १० जनामा कोरोना पुष्टि

सुर्खेत, २६ जेठ । कर्णालीमा आइतबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दैलेखका चारजना, सल्यानका पाँच जना र सुर्खेतका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । दैलेखमा आठविस नगरपालिका वडा नं. ७ का एक, नौलुले गाउँपालिका वडा नं. १ जडा नं. […]

चौरजहारी घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं, २६ जेष्ठ । रुकुम घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाको सत्य तथ्य उजागर गर्न तथा घटनाका आरोपितलाई कानुनी दायरामा ल्याउन इन्सेकले माग गरेको छ । घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले जेठ २६ गते यस्तो माग गरेको हो । इन्सेकले सो प्रतिवेदन जेठ २६ गते नै संसदको कानुन, न्याय […]

रुकुम घटनाको छानबिन संसदीय विशेष समिति गठन

काठमाडौं, २६ जेष्ठ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोती घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ । सांसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिको सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् […]

खाद्यन्न लिन गएको बेला कुटपिट

अमर सुनार दैलेख, २६ जेष्ठ । नारायण नगरपालिका वडा नंं. ६ काँडाचौर नजिक पसलबाट दाल, तरकारी लिएर डेरा तर्फ आएका राष्ट्रिय दलित पत्रकार संघ नेपाल दैलेख शाखाका उपाध्यक्ष टोपबहादुर सुनारलाई गस्तीमा गएको प्रहरीले सोमवार लाठी चार्ज गरेर दाल पोखिदिनुसंगै निर्घात कुटपिट गरेको छ । सदरमुकामको त्रिभुवन मावि दैलेखको आडैमा मोवाइल मर्मत गर्ने पसल समेत गरी […]

‘सुर्खेतमा लकडाउन जस्तो नै देखिएन, तर अब कडाइ गरिन्छ’

नयाँ सिडिओका योजना :-  कालोबजारी नियन्त्रण गर्न कर्मचारीलाई नै ग्राहकको भेषमा परिचालन गरिने, पास वितरणमा कडाइ हुने, खेतीको काममा जाने किसानलाई प्रहरीले नरोक्ने र क्वारेन्टाइनको सुरक्षालाई थप प्रभावकारी बनाउने सुर्खेत, २६ जेठ । कोरोना संक्रमण बढ्दै जाँदा सुर्खेतमा लकडाउन भने खुकुलो देखिन्छ । पछिल्लो सयम लकडाउन कार्यान्वयन नभएको भन्दै आलोचना पनि बढेको छ । तर […]

कोरोना संक्रमितलाई डिएसपी ओलियाको निर्देशन

तुलराज पाण्डे कालिकोट, २६ जेष्ठ । कोरोना भाइस (कोभिड–१९) संक्रमितलाई सदरमुकाम मान्ममा रहेको कोरोना अस्पतालमा गयर प्रहरी प्रमुख डिएसपी श्याम बाबु ओलियाले विश्वमाहामरी रूपमा फैलिएको कोरोना भाइस (कोभिड–१९) संक्रमित २६ जनालाई अनुशासित भएर बस्न निर्देशन दिनुभएको छ । भारतबाट आएकाहरुलाई जिल्लाका विभिन्न ठाउँका क्वारेन्टाइनबाट पिसिरा चेक गरी पोजेटिभ देखिएकाहरुलाई जिल्लाको एकीकृत भवनमा कोरोना अस्पताल नामाकरण […]

सम्पादकीय : संकटमा चौरजहारी अस्पतालको बेइमानी

कोरोना महामारीसँग जुध्न सबैको साझा प्रयास आवश्यक छ । महामारी बढ्दै जाँदा राज्य एक्लैले केही गर्न सक्ने अवस्था छैन । त्यसमा पनि पूर्वाधार र स्रोतको अभाव भएको कर्णालीमा महामारी नियन्त्रण गर्न सहज छैन । यस्तो अवस्थामा सरकारी र गैरसरकारी निकायको एकताबद्ध प्रयास आवश्यक छ । यही मान्यताले हुनुपर्छ प्रदेश सरकारले पनि यहाँ रहेका सबै प्रकारका […]

YUGAAWHAN NATIONAL DAILY (2077-02-26)

नगर प्रमुख र उपप्रमुखबाट क्वारेन्टाइनको अनुगमन

दुर्गा विसी सल्लीबजार, २६ जेष्ठ । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका क्वारेन्टाइनमा यो समाचार तयार पार्दा १५ सय ६४ नागरिक भित्रि सकेका छन् । तर तिनिहरुको स्वास्थ्य अवस्था, वसाइ, खानपिन,पानी र बत्तिको अवस्था वुझ्न नगर प्रमुख गोविन्द कुमार पुन र उप प्रमुख मञ्जु यरी विहानदेखि वेलुकिसम्म दौडधुपमै दिन बित्ने गरेको छ । आइतबार प्रभाकर मावि, बनगाड […]

एम्बुलेन्सले बाटोमै शव छोडेपछि …

सुर्खेत, २६ जेष्ठ । वीरेन्द्रनगर–६ बसपार्कमा एक युवाको शव बेवारिसे बनेको छ । करिव १८/१९ बर्षका घाइते युवालाई उपचारका लागि नेपालगंजतर्फ लाँदै गरिएको थियो । एम्बुलेन्समा राखेर उपचार गर्न नेपालगंज लाँदै गर्दा बाटोमै मृत्यु भएपछि एम्बुलेन्सले सुर्खेत बसपार्कको गेटमै छोडेको जनाइएको छ । आइतबार मध्ये रातीदेखि लास बेवारिसे बनेपछि बसपार्क वरपर त्रास छाएको छ । […]

कोरोना संक्रमितलाई नेकपा सचिव शाहीद्वारा फलफुल वितरण

तुलराज पाण्डे कालीकोट, २५ जेष्ठ । कालिकोट जिल्लामा कोरोना भाईरस(कोभिड–१९) बाट संक्रमित नागरिकलाई फलफुल वितरण गरिएको छ । फलफुल वितरणका क्रममा भेट्दा उनीहरुको कोरोनालाई जितेर घर जाने आत्मविश्वास देखेपछि आफु अत्यन्तै खुशी भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालीकोटका सचिव नगिन्द्र शाही(नेश्नल)ले बताए । आइसोलेसनमा रहेका कोरना संक्रमितलाई फलफुल लिएर कोरोना संक्रमित व्यक्तिहरुको अवस्था बारे बुझ्न […]

कर्णालीमा थप ५४ जनामा कोरोना संक्रमण

सुर्खेत, २५ जेष्ठ । कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा कर्णालीका सुर्खेत, दैलेख र सल्यानका थप ५४ जनालाई कोरोना संक्रमण देखिएको हो । शनिबारसम्म कर्णालीमा जम्मा ५ सय ८७ जना कोरोना संक्रमित थिए । योसंगै कर्णालीमा कोरोना संक्रमितको […]