कञ्चनपुर निर्वाचनः कांग्रेस विरासत जोगाउने र एमाले जित दोहोर्‍याउने दाउमा

महेन्द्रनगर, १६ माघ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ । राष्ट्रिय राजनीतिमा परिचित नेताहरूको जिल्लामा पनि पर्छ कञ्चनपुर । यहाँको निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वमन्त्री बीना मगर उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । राष्ट्रिय राजनीतिमा पारिवारिक कारणले पनि […]

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा तीन उम्मेदवार र तीन  सरकारी निकायलाई मागियो स्पष्टीकरण

काठमाडौँ, १६ माघ ।  निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको भनी निर्वाचन आयोगले तीन उम्मेदवार र तीन सरकारी निकायलाई स्पष्टीकरण सोधेको छ । आयोगले बाँके निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनार, सप्तरी निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डा चन्द्रकान्त राउत (सिके राउत) र काठमाडौँ निर्वाचन क्षेत्र नं ५ […]

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या 

जुम्ला, १६ पुस । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा नेटवर्कले राम्रोसँग काम नगर्दा टेलिफोन सम्पर्कविहीन अवस्थामा उत्पन्न भएको स्थानीय डिल्ली कामीले बताए । देशका धेरै ठाउँमा फोरजी डाटा, निःशुल्क वाइफाइ र डिजिटल सेवाको चर्चा भइरहँदा हिँयाखोलाका स्थानीय अझै पनि नेटवर्क खोज्दै डाँडा […]

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह  

नेपालगन्ज ,१६ माघ। आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहितापालना गर्न यहाँ राजनीतिक दल तथा उम्मेदवार सहमत भएका छन् । दुर्गम मानिने बाँकेको नरैनापुरमा आयोजना भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा गम्भीर हुन आग्रह […]

आफ्नो मतदान केन्द्रमा खटिन  एमाले सचिव कँडेलको निर्देशन 

सुर्खेत, १६ माघ ।  नेकपा एमालेका सचिव यामलाल कँडेलले पार्टीका केन्द्रदेखि टोलसम्मका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनलाई लक्षित गर्दै मतदान केन्द्रित हुन निर्देशन दिएका छन् । आज प्रतिनिधि सभा क्षेत्र नं. १ मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सचिव कँडेलले अबको चुनावी अभियानको शैली परिवर्तन गर्नुपर्ने बताए । उनले भीडभाड र ठूलो सभा […]

बजेट अभावले  छिन्चु–जाजरकोट सडक अलपत्र

सुशील खड्का सुर्खेत, १६ माघ । छिन्चु–जाजरकोट जोड्ने कर्णाली प्रदेशकै एक महत्वपूर्ण मुख्य सडक निर्माण थालिएको तीन वर्ष पूरा हुनै लाग्दा पनि अपेक्षाअनुसारको प्रगति देखिएको छैन । छिन्चुबाट सुर्खेतकै मेहलकुनाहुँदै सिम्ता, सल्यान, रूकुम पश्चिम, जाजरकोट र डोल्पासम्म जोड्ने यो सडक कर्णाली र लुम्बिनी प्रदेशलाई जोड्ने जीवनरेखा मानिन्छ । तर, निर्माणमा देखिएको ढिलाइ, कच्ची सडक र […]

सम्पादकीय : संसद भवन पुनर्निर्माणमा बिलम्ब नगर !

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौं अधिवेशन १८ माघदेखि सुरु हुँदैछ । ९ माघमा बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । कानून निर्माणमा केन्द्रित हुने हिउँदे अधिवेशनको पहिलो बैठक १८ माघको दिउँसो १ बजेका लागि तय गरिएको कर्णाली प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि […]

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सजगता आवश्यकः मुख्यमन्त्री आचार्य

दाङ,१६ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त नागरिक स्वतन्त्रता, संघीय लोकतान्त्रिक गणतन्त्र र संवैधानिक उपलब्धिलाई कमजोर हुन नदिन सबै पक्ष सजग र जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । सहिद दिवस, २०८२ को अवसरमा शुक्रबार जारी सन्देशमा मुख्यमन्त्री आचार्यले संविधान कार्यान्वयन, राजनीतिक स्थायित्व, सुशासन र आर्थिक समृद्धिका क्षेत्रमा चुनौतीहरू कायमै रहेकाले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण […]

घोराहीलाई लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा, लुम्बिनी प्रदेशमै नमुनायोग्य उपलब्धि : मुख्यमन्त्री आचार्य

दाङ,१५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकासका काम हुँदै भएनन् भन्ने गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै यस अवधिमा भएका कामको वस्तुनिष्ठ मूल्यांकन हुनुपर्ने बताउनु भएको छ । घोराही उपमहानगरपालिकाको ४८ औं नगर स्थापना दिवस तथा ‘लैङ्गिक हिंसा नियन्त्रित नगर’ घोषणा समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मानवीय, सामाजिक तथा भौतिक विकासका […]

जुम्लाबाट २ हजार २ सय बढी विद्यार्थी एसईईमा

गाेल्डेन बुढा जुम्ला,१५ माघ। यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जुम्लाबाट २ हजार २ सय ५५ जना विद्यार्थी सहभागी हुँदैछन्। शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका निमित्त इकाइ अधिकारी खेमराज पन्तका अनुसार नियमिततर्फ २ हजार १ सय ३३ जना र ग्रेडवृद्धितर्फ १ सय २२ जना विद्यार्थी छन्।यस वर्षको सहभागिता अघिल्लो वर्षको […]

घुयँत्राे:“प्रधानमन्त्री बन्ने सपना र सिध्याउने सपना एउटै ब्यालटमा”

ए ! त्यसाे भए वलिले रुकुमबाट प्रचण्डलाई सिध्याउन्यै खेल खृल्या हुन त ! ? याे चुनाब भन्ने जिनिसनि अचम्मकै हुँदाे रैछ । याैटै थालाँ भात खाका साथी भाइ हुन या भाईभाई, राजनीति याँ चित्त नबुझेछि पुराना दिन जति सारा बिर्सेर खेदाे खन्ने खेलतिर मात्रै लाग्न मन लाग्ने याे राजनीति र चुनाब भन्ने चिजनि अचम्मै हुँदाे […]

प्रदेशसभाको हिउँदे अधिवेशन १८ माघबाट : कृषि तथा पशुपंक्षी प्रशिक्षण  केन्द्रलाई बनाइयो अस्थायी संसद

ओम शाही सुर्खेत ,१५ माघ। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौं अधिवेशन १८ माघदेखि सुरु हुँदैछ । ९ माघमा बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । कानुन निर्माणमा केन्द्रित हुने हिउँदे अधिवेशनको पहिलो बैठक १८ माघको दिउँसो १ बजेका लागि तय गरिएको कर्णाली प्रदेशसभा […]

सम्पादकीय:विद्युत पूर्वाधारमा फड्को 

झण्डै ६ वर्षअघि सुरु भएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण आयोजनाले अन्ततः पूर्णता पाएको छ । दुई वर्षभित्र कर्णाली प्रदेशमा विद्युत चार्ज गर्ने लक्ष्यका साथ २२ असार २०७६ मा आयोजना अघि बढेको थियो । सम्झौता अनुसार २३ असार २०७८ मै सम्पन्न भइसक्नु पर्ने आयोजना बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जमा जग्गाभोगाधिकार, रुख कटान र स्थानीयको अवरोधले […]