घुयँत्राे:“प्रधानमन्त्री बन्ने सपना र सिध्याउने सपना एउटै ब्यालटमा”

ए ! त्यसाे भए वलिले रुकुमबाट प्रचण्डलाई सिध्याउन्यै खेल खृल्या हुन त ! ? याे चुनाब भन्ने जिनिसनि अचम्मकै हुँदाे रैछ । याैटै थालाँ भात खाका साथी भाइ हुन या भाईभाई, राजनीति याँ चित्त नबुझेछि पुराना दिन जति सारा बिर्सेर खेदाे खन्ने खेलतिर मात्रै लाग्न मन लाग्ने याे राजनीति र चुनाब भन्ने चिजनि अचम्मै हुँदाे रैछ के

। चुनावी राजनीति भित्रै पसेर मात्रै एक अर्कालाई सिध्याउने खेलाँ लाग्दन पाप पनि नलाग्ने अपराधपनि नलाग्ने भएर त हाेला मान्छेहरु ५ बर्षकाे बाटाे कुरेर पख्लास तँलाई चुनाब त आउलानि त्यसबेला हेरम्ला भनेर बाटो कुरेर बस्नु पर्ने याे पनि अचम्म हैन त । काठमाण्डुका मेयर बालेन र ओलिबाका बीच अनबन भै रहँदा प्रधानमन्त्रीकै पदाँ हुँदानि न ओलिबाले केई गर्न सके न बालेनले ! एक अर्का काम गराई देखेर कुकुर बिराला झैँ गरेर बालेन न्युराेडाट ङ्यार्र्रर ङ्यार्र्रर गर्ने अनि ओलिबा सिंहदरबाराट ! तर के के गर्नु दुबैले एक अर्कालाई केई लछारपाटाे लाउन सकेनन अनि ऐले चुनाब आयाे बाकै चुनाब क्षेत्राँ गएर बालाई हराउँछु भनेर बालेन अँझै २ बर्ष काठमाडौंकाे मेयर बनेर मजाले खाएर विएर , गाएर माेजमस्ति गर्न सक्ने बेलाँनि मेयरकाे पदलाई लात मारेर झापाँ त्याे पनि बाकै निर्वाचन क्षेत्राँ गएर चुनाब लडन कस्सिए , भनेछि भन्नाेस मान्छे जब कसैलाई सिध्याउँछु भनेर लागे भने कसरी पछि लाग्दारैछन त्याे त राम्ररी देख्नु भाे नि । त्यति मात्रै हाे र रविले जनता सहकारीकालपैशा खाएछि जेल पर्दा गगन थापाले सदनाँ उफ्रि उफ्रि रबिले पैशाखा प्रमाण मसपत छ भनेर सदनाँ कुर्लेछि पख्लास म जेलाट बाईर त नपस्किम तेराे के हालत गराउँछु भनेर दागा राखेर गाेडा दुई बर्ष जेल बसेर निस्क्या रबिले याे चुनाबाँ काठमाडौं चाराट लखेटने प्लान बनाएछि बिचरा भख्खर पाटि अध्यक्ष बन्या गगन थापा तराईकाे राैतहट हाे कि सिराहा कता गएर चुनाब लडन लाछन रे । बिचरा आलै अध्यक्ष बनेर बासी हुन नपाउँदै मधेसाँ छिरेर चुनाब लडन पर्दा जनतालाई भाषै बुझाउन संकट परिराबेलाँ काँग्रेसकाे दुस्मन बनेर निस्केकाे अमरेशकुमार त्यै चुनाब क्षेत्राँ गगनलाई सिध्याउँछु भनेर लागेछि त्याँपनि गगनकाे टाउकाे दुखाईभाछ ।

पाटिभित्र शेर बहादुरलाई स्याँकेर अध्यक्ष भएर प्रधानमन्त्री बन्छु भनेर लाग्या थापालाई सिध्याउँछुनै भनेर लाग्या अमरेसकुमारकाे खेलले कतै आफ्नो अध्यक्षलाई हराई दिनेहाेकि भनेर देशभरका गगनका झाेलेहरुकाे निद हराम भाछ । याे चुनाब भन्ने जातनि विछट्टकै हुँदाे रैछ के प्रचण्डजस्ताे सत्रसत्रहजार मान्छे काट्या मान्छे नि चुनाबका जनता भनेछि डरले कायल हुनु पर्ने । यतिसम्मकि आँफुले माओवादि भन्ने पाटिलाई अार्यघाटाँ लगेर सेलाएर अर्कै पाटिका नामबाट उमेदवार बन्दानि चुनाबाँ शत्रु लाएर हराउने खेल गरेछि उनै पुराना माओवादि जनता काँ छन भनेर खाेज्दै जाँदा पुर्वि रुकुम पुग्नु पर्ने पीडा प्रचण्डका लागि कम्ता हाेला । प्रधानमन्त्री हुम्ला र देशै लुटक्ला भनेर प्लान बनाका प्रचण्ड,बालेन,ओलि, गगन र रबिलाई कम्तापिर छ ऐले । कुन बेला कुनचाईँ शत्रुले काँनिर घुडाँ टेकाउने हाृ भन्ने जग्जगिछ । रबिकाे घुँडा त राेगलेनै टेकाय जस्ताेछ कताकता सामाजिक सन्जालाँ फाेटाेसहितकाे समाचार देखिन्याे अरु बाँकि प्रधानमन्त्रीका उमेदवारहरुका शरीराँ ऐलेसम्म त कतै घुनपुत्लाे ला सुन्नियाछैन ।त्यत्ति हाे फागुन २१ पछि कुन दिन कुनचाहिँले कुन चाहिँलाई घद्रक्कै सुतायाे भन्ने सुनिने हाे र तिनरकाे प्रधानमन्त्री बन्ने सपना साेत्र्यान हुने हाे था छैन । हेरम् चुनाब पछि कस्काे चाँदाँ प्रधानमन्त्री बन्ने लेख्याछ । के गर्ने हनम्राे काम त्यै हेर्ने चित्त बुझाउने भएछि त्यसकै पर्खाईमा त बस्नु पर्ने भाे हैन र ?

घुयँत्राे:“प्रधानमन्त्री बन्ने सपना र सिध्याउने सपना एउटै ब्यालटमा”

प्रदेशसभाको हिउँदे अधिवेशन १८ माघबाट : कृषि

घुयँत्राे:“प्रधानमन्त्री बन्ने सपना र सिध्याउने सपना एउटै ब्यालटमा”

जुम्लाबाट २ हजार २ सय बढी विद्यार्थी

Leave a comment

Your email address will not be published. Required fields are marked *