निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा तीन उम्मेदवार र तीन  सरकारी निकायलाई मागियो स्पष्टीकरण

काठमाडौँ, १६ माघ । 

निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको भनी निर्वाचन आयोगले तीन उम्मेदवार र तीन सरकारी निकायलाई स्पष्टीकरण सोधेको छ । आयोगले बाँके निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनार, सप्तरी निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डा चन्द्रकान्त राउत (सिके राउत) र काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार निशा अधिकारीलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए ।

सुनारलाई राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक विद्वेष फैल्याएर आचारसंहिता उल्लङ्घन गरेको भन्ने उजुरी परेका आधारमा स्पष्टीकरण सोधिएको शाखा अधिकृत प्रकाश सुवेदीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

त्यस्तै, राउतलाई आफ्‌नो निर्वाचन क्षेत्रमा चुनाव चिह्न र झन्डाको तोरण बनाई झुन्ड्याएको भनी उजुरी परेका आधारमा स्पष्टीकरण सोधिएको होे । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार अधिकारीलाई अष्टे्रलियामा रहेका नेपालीलाई स्वयम्‌सेवक आवेदन फारम पठाई क्युआर कोडबाट आफ्‌नो अभियानलाई सहयोग गर्न सक्ने व्यहोराको विवरण पठाएका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय, केन्द्रीय कार्यालय गोठगाउँ, मोरङलाई करार सेवामा कर्मचारी छनोटको लिखित परीक्षा सञ्चालन गरी परीक्षाफल प्रकाशनको तयारी रोक्नाका साथै संलग्नलाई कानुनी कारबाही गर्ने सम्बन्धमा उजुरी आएकाले स्पष्टीकरण सोधिएको हो ।

त्यसैगरी देउती आधारभूत विद्यालय भैरवी–३ दैलेखका शिक्षक देवीराम आचार्यलाई सामाजिक सञ्जालबाट दल विशेषलाई मत मागेको भन्दै स्पष्टीकरण सोधिएको हो । त्यसैगरी गुठी संस्थानलाई बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई निर्वाचन आतारसंहिता विपरीत हटाउने निर्णय गरिएको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा तीन उम्मेदवार र तीन  सरकारी निकायलाई मागियो स्पष्टीकरण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या 

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा तीन उम्मेदवार र तीन  सरकारी निकायलाई मागियो स्पष्टीकरण

कञ्चनपुर निर्वाचनः कांग्रेस विरासत जोगाउने र एमाले

Leave a comment

Your email address will not be published. Required fields are marked *