हिमामा राष्ट्रपति रनिङ सिल्ड सुरु

गाेल्डेन बुढा
जुम्ला ,१० बैशाख ।
जुम्लाकाे खेलकुदप्रतिको उत्साह र संभावनालाई उजागर गर्दै जुम्लाको हिमा गाउँपालिकामा १६औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ। बिहीबार नेत्रज्योति माध्यमिक विद्यालय, ओदीमा सुरु प्रतियोगिताले स्थानीयस्तरमै खेल प्रतिभा खोज्ने र घोट्ने अभियानलाई थप बल दिएको छ।
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले प्रतियोगिताको उद्घाटन गर्दै कर्णालीको मौलिक पहिचान—प्रकृति, संस्कृति र ऐतिहासिक सिंजा सभ्यतालाई संरक्षण र प्रवर्द्धन गर्न युवापुस्ताको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले खेलकुदलाई केवल प्रतिस्पर्धाको माध्यम नभई अनुशासन, नेतृत्व विकास र सामूहिकताको पाठ सिकाउने महत्वपूर्ण साधनका रूपमा लिनुपर्ने धारणा राखे।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गाउँपालिकाको वार्षिक खेलकुद क्यालेन्डरकै प्रमुख कार्यक्रम हो, जसले विद्यालयस्तरबाटै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने आधार तयार पार्दै आएको छ। “दुर्गम क्षेत्रका विद्यार्थीमा लुकेका क्षमता उजागर गर्न यस्ता प्रतियोगिता अपरिहार्य छन्,” उनले भने, “यसले खेलकुदप्रतिको आकर्षण मात्र बढाउँदैन, भविष्यमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने आधार पनि बनाउँछ।”
गाउँपालिकाभित्रका ६ माध्यमिक विद्यालय सहभागी रहेको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डीलगायत विभिन्न विधाका खेल समावेश गरिएका छन्। सीमित स्रोतसाधनका बीच पनि विद्यार्थीहरूको सक्रिय सहभागिता र उत्साहले प्रतियोगितालाई जीवन्त बनाएको छ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताले हिमाली भेगका युवामा खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धा र सकारात्मक ऊर्जा प्रवाह गर्ने अपेक्षा गरिएको छ। स्थानीय अभिभावक, शिक्षक र सरोकारवालाको उपस्थिति तथा समर्थनले प्रतियोगितालाई सामुदायिक उत्सवकै रूपमा रूपान्तरण गरेको छ, जसले खेलकुदलाई गाउँस्तरसम्म संस्थागत गर्ने प्रयासलाई थप मजबुत बनाएको देखिन्छ।
हिमामा राष्ट्रपति रनिङ सिल्ड सुरु

वर्षौँदेखिको आङ खस्ने र पाठेघर रोगको उपचार

हिमामा राष्ट्रपति रनिङ सिल्ड सुरु

स्ववियु जारी खुला भलिबलमा प्रतिस्पर्धा चर्किँदै, तीन

Leave a comment

Your email address will not be published. Required fields are marked *