राष्ट्रिय अर्थतन्त्रमा कर्णालीको क्षेत्रगत हिस्सा ४.२० प्रतिशत रहने अनुमान

ओम शाही
सुर्खेत, ६ असार ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको योगदान ४.२० प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । यो गत आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ०.५ प्रतिशतले कम हो । गत आर्थिक वर्षमा राष्ट्रिय आयमा कर्णालीको योगदान ४.२५ प्रतिशत थियो । नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रतिवेदनमा प्रदेशहरूको समग्र आर्थिक स्थिति तुलना गर्दा चालु आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६.७१ प्रतिशत रहदा कर्णालीको हिस्सा सबैभन्दा कम ४.२० प्रतिशत रहने उल्लेख छ । यस्तै, कृषि क्षेत्रको उत्पादनमा कोशी प्रदेशको हिस्सा सबैभन्दा धेरै १७.३६ प्रतिशत छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ५.५१ प्रतिशत छ । उद्योग क्षेत्रको उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३३.५९ प्रतिशत छ । राष्ट्रिय आयमा उद्योग क्षेत्रबाट योगदान गर्ने कर्णालीको सबैभन्दा कम हिस्सा ३.०२ प्रतिश रहेको तथ्यांकले देखाउँछ । यस्तै, सेवा क्षेत्रको उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ४६.४८ प्रतिशत रहदा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ३.७६ प्रतिशत छ ।
आर्थिक वर्ष २०८२/०८३ मा मुलुकको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा कर्णाली प्रदेशको योगदान क्रमशः ५.५१ प्रतिशत, ३.०२ प्रतिशत र ३.७६ प्रतिशत रहने राष्ट्र बैंकको प्रारम्भिक अनुमान छ । प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/०८३ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन (उपभोक्ताको मूल्यमा) दुई खर्ब ७७ अर्ब पुग्ने अनुमान छ । यस्तै, चालु वर्षमा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उपभोक्ताको मूल्यमा) २.१४ प्रतिशत रहने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा समग्र कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३१.५२ प्रतिशत, १०.०७ प्रतिशत र ५८.४१ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकको छ । यस्तै, कृषि क्षेत्रको उत्पादनमा कोशी प्रदेशको हिस्सा सबैभन्दा धेरै १७.३६ प्रतिशत छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ५.५१ प्रतिशत छ । उद्योग क्षेत्रको उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३३.५९ प्रतिशत रहदा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ३.०२ प्रतिशत छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा राष्ट्रिय आयमा सेवा क्षेत्रको उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ४६.४८ प्रतिशत रहदा कर्णालीको हिस्सा भने सबैभन्दा कम ३.७६ प्रतिशत छ ।
यस्ता छन् कर्णालीको अर्थतन्त्रका चुनौती र सम्भावना
कर्णाली प्रदेशको भौगोलिक विकटता र सीमित स्रोत साधनका कारण सुरक्षित, गुणस्तरीय र भरपर्दो सडक पूर्वाधार नहुँदा अर्थतन्त्रले आकार लिन नसकेको राष्ट्र बैंकले जनाएको छ । कर्णालीको हवाई यातायातलाई सुलभ र सहज यातायातको साधनका रुपमा विकास गर्नु, निजी क्षेत्रलाई प्रदेशको हवाई सेवा विस्तारमा आकर्षित गर्नुका साथै प्रदेशका विमानस्थलहरुलाई आर्थिक रुपमा सक्षम हुने गरी सञ्चालन गर्न चुनौती छ । यस्तै, बहुमूल्य जडीबुटीहरुको प्रदेशमै प्रशोधन गरी प्रदेशबाटै अन्तिम वस्तुको उत्पादन तथा बिक्री वितरण, परम्परागत खेतीमा आधारित निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक, वैज्ञानिक र रोजगारीयुक्त व्यावसायिक कृषि प्रणालीमा रुपान्तरणमा जोड दिनुपर्ने राष्ट्र बैंकको सुझाव छ । दीर्घकालीन रोजगारीका अवसरहरु सृजना गरी उल्लेख्य मात्रामा रहेको गरिबी दरलाई न्यूनीकरण, लगानीको वातावरण सृजना गरी उत्पादन र रोजगारी वृद्धि, अथाह सम्भावना भएका प्राकृतिक स्रोतहरुको उत्खनन, प्रशोधन र अध्ययन अनुसन्धान गरी प्रादेशिक तहमा उद्योग तथा उद्यमशीलता विकासलाई राष्ट्र बैंकले कर्णालीका चुनौती मानेका छन् ।
सुर्खेत–जाजरकोट–डोल्पा जोड्न भेरी कोरिडोर, सुर्खेत–दैलेख–कालीकोट–बाजुरा–






