नेपालगञ्ज यातायात कार्यालयमा अनियमितता आरोप : दुई चिकित्सकसहित पाँच जना पक्राउ

बाँके ,५ असार ।

नेपालगञ्ज । यातायात व्यवस्था कार्यालय नेपालगञ्जबाट प्रहरीले दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न तथा नवीकरणका लागि आवश्यक पर्ने स्वास्थ्य परीक्षण प्रक्रियामा अनियमितता गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतितसिंह राठौरका अनुसार सवारी चालक अनुमतिपत्र लिन वा नवीकरण गर्नका लागि आधिकारिक चिकित्सकमार्फत स्वास्थ्य परीक्षण गरी चिकित्सकीय प्रतिवेदन उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ। तर पक्राउ परेकाहरूले रु २०० लिएर आवश्यक परीक्षणबिनै निरोगिताको प्रमाणपत्र वितरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार यस्तो कार्य भइरहेको भन्ने सूचना प्राप्त भएपछि विशेष निगरानी तथा अवलोकनका लागि प्रहरी टोली परिचालन गरिएको थियो। अनुगमनका क्रममा प्रक्रियाविपरीत प्रमाणपत्र वितरण भइरहेको पुष्टि भएपछि दुई चिकित्सकसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो।

घटनाबारे थप अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सक तथा बिचौलियाहरूको नाम सार्वजनिक नगरिएको डीएसपी राठौरले जानकारी दिए। प्रहरीले स्वास्थ्य परीक्षणसम्बन्धी कानुनी व्यवस्था उल्लङ्घन भएको भन्दै घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

नेपालगञ्ज यातायात कार्यालयमा अनियमितता आरोप : दुई चिकित्सकसहित पाँच जना पक्राउ

नेपालगञ्ज यातायात कार्यालयमा अनियमितता आरोप : दुई

Leave a comment

Your email address will not be published. Required fields are marked *