घुयँत्राे:”मिल्ने हल्लाले प्रचण्डको निद्रा खुल्छ, ओलीको चिमोटाइले सपना टुट्छ!

उता एमाले र माओवादि अनि माधब नेपाल जुटछन जुटछन भन्ने बेलाँ यता काँग्रेस फुट्याे भन्ने हल्ला छ त के हाे ? विचरा प्रचण्ड वलिलाई फकाएर पाटि एकीकरण गराउन अने कथा रच्छन जाल बुन्छन अनि त्यसले एकदुई दिन प्रचण्डलाई खुब मजाकाे उर्जा दिन्छ अनि उनी वलिलाई भगवानकाे संज्ञा दिँदै उनकाे बखान गर्न जुट्छन । अनि फेरि वलिलाई कल्ले चिमाेटछ कुन्नि माधब,प्रचण्ड , झलनाथ र बामदेबलाई धुनसम्म धुन थाल्छन अनि प्रचण्डकाे शारा ईच्छा चाहना तुषारापात हुन्छ । एवं रितले चलेकाे कमिनिष्टहरुकाे पुनरमिलन उम्लिएर कराहिबाट पाेखिएकाे दुधकाे जस्तै भै रहेकाेछ । वलि कुनै पनि हालतमा यिनिहरुसित मिल्न नपरे हुन्थ्याे भन्ने पक्षमा छन । अनि यसकाे ठिक विपरित पुराजाे पाटि भै खाकाे काँग्रेस पाटि पनि फुटनलाई ढिक ढिक पुग्याछ ।फुटि सक्याचाईँ छैन । एमाले अध्यक्ष नजुटे हुन्थ्याे भने जस्तै काँग्रेस सभापति छिटै मिल्न आईदे हुन्थ्याे भन्नेमा छन । तर उनका विरुद्धमा लागेकाहरु अलग्गै सम्पर्क कार्यालय खाेलेर आफ्ना सर्तका आधारमा पाटिमा भित्र्याउन चिच्याकल्लाे गर्दै छन । फागुनकाे चुनाबाँ लद्दु पाटि बन्या एमाले काँग्रेसकाे नाैटङ्किया छिर्न खाेज्या प्रचण्डकाे रुवाबासी झन अचम्मकैछ । चुनाबाँ आफ्नाे पाटियाट एक्लै चुनाब जितेर सदनाँ पुग्या प्रचण्डले यै हाे मनैका भनेर पाटि एकिकरणका लागि फाल्यापासा केईछिन त बाजि मार्छकि मार्छकि जस्ताे नभापनि हैन तर ,के गर्नु कल्ले फेरि लुकिचाेरी वलिलाई चिमट्याेकि के गर्याे कुन्नि मिल्नलाई तम्तयार भ` का वलि भडकिएर गै गएनि । त्यति मात्रै हाे र? प्रचण्डका ६ जना नेताहरलाई समेत एमाल्याँ लगेर केन्द्रीय कार्यालयाट टिकटै हात पारेर वलिले प्रचण्डलाई तन मर्नु बनाईदे तनि ! कैल्यै एमाल्याँ नफर्केलान जस्ताे गर्या बामदेब गाैतम जस्ता मान्छे त वलिकाे हाताट टिकट लेर एमाल्याँगएभने अरुकाे झन के कुरा गर्नु ! वलिसित पाटि एकिकरण गरेर संसदिय दलकाे नेता बन्छु र काँग्रेसीहरलाई पाेल्टाँ हालेर नचाउँछु र रास्वपालाई लाईनमा ल्याउछु भनेर लाका प्रचण्डलाई हात्ती आयाे हात्ती आयो फुस्सा गराईदेछि बिचरा उनी पनि कतै मलाई नि विष्णु पाैडेलकाे जस्ताे हबिगत गराउने त हैनन भनेर छट्पटीएका छट्पटीयै छन । के गर्ने हिजाेसम्म पाे माओवादि, युध्द र १७ हजारकाे नाम बेचेर खाकाे अब ऐले त माओवादिनै नरहेछि के बेचेर खाने हाे र ? नत अरुलाई तर्साउनलाई माओवादि लडाकु छन,न वाईसिएल छ के देखाएर अरुलाई तर्साउने हाे र ? बिचरा काँग्रेस एमाले त पत्ताथ्याे पत्ताथ्याे प्रचण्डकाे नि बुध्दि भ्रष्ट भएर उनकाे पाटिनि पत्तायाे । अबकाे आउनेचुनाबा त ऐल्याजति सिटनि आउन्नकि क्या! प्रचण्डलाई यै कमजाेर देखेर त हाेला वलिले नि यल्लाई पाटियाँ भित्र्याएर किन रजाइँ गर्न दिने भन्ने साेचेर त हाेला बनिबनाउ तम्तयार भाकाे सम्बन्ध नि म त गाँस्दिन भनेर वलि कुलेलम ठाेके । अलिअलि युनाइट भएर गएछि रास्वपालाई टक्कर दिन्छन कि त भन्ने भै रा बेलाँ आँफआँफै मुन्टाे बटारेर हिँडने भएछि रास्वपालाई नि प्रतिपक्ष विनै सत्ताँ हालि मुहालि गर्न आनन्द भा हाेला । पुराना दलकाे खेल हेर्दा अब यिनका दिन कैल्यै आउला जस्ताे नि ला छैन । हेरम कतै यिनमा चेत पलाई हाल्याे भने दिन फेरिननि बेर हुन्न ।
” बिरसिक्का”






