आर्थिक अभावले अस्पतालमा छटपटाउँदै चेतना

दुर्गा विसी/सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–३ खानी गाउँकी १७ वार्षिय चेतना पुनको गत असार १९ गते घर नजिकैको परिवन जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर सक्त घाइते भइन । टाउको, हात, मुख लगायतमा गहिरो चोट लागेर उनी अहिले अर्धचेत अवस्थामा छन । उनको हाल नेपालगन्ज नर्सिङ होममा उपचार भई रहेको छ ।


दाताहरुको सहयोगले स्वास्थ्यमा हाल केही मात्रामा सुधार हुँदै गएको उनका काका अमर पुनले बताए । पुनका अनुसार दैनिक आइसियु मा ८ हजारभन्दा बढी खर्च लाग्ने अमर बताउँछन् । कमल पुन, अम्मर पुन लगायतका युवाहरूले आर्थिक सहयोग उठाएर उपचारमा ठुलो सहयोग पु¥याइरहेका छन् । उनलाई उपचारको लागि १० लाख भन्दा बढी लाग्ने डाक्टरहरुले बताएका छन । हालसम्म उनको उपचारका लागि दुई लाखसहयोग रकम उठेको काका अमरको भनाइ छ ।

चेतनाको हजुर आमाले नातिनीको उपचारमा धेरै आर्थिक खर्च लाग्ने भएकाले उपचारको सहयोगको सबै संग पहल गरिदिन अनुरोध गरिन । उनका अनुसार चेतनाको बुवाको पनि उक्त परिवन जङ्गलमानै रुखबाट लडेर १२ बर्ष पहिले मृत्यु भएको थियो ।

आफूसँग भएको केही पैसा पनि उपचारमै सकिएको र परिवारमा आर्थिक अवस्था निकै कमजोर भएकोले नातिनीको जीवन रक्षाको लागि सहयोग गरिदिन चेतनाकी हुजरआमाले विलौना गरेकी छन्। चेतनाको उपचारमा सहयोग गर्न चाहनेले अमर पुनको साङ्ग्रीला बैंक सल्लीबजार खात नं १०७०१२००४२८७०५००००१ वा ९८६८१४२४७३/९८२६५८६६९१ सम्पर्क गर्न सकिने छ ।

आर्थिक अभावले अस्पतालमा छटपटाउँदै चेतना

वर्षैभरि पुग्ने सिंचाइको सुनिश्चितता गर्नुपर्छ !

आर्थिक अभावले अस्पतालमा छटपटाउँदै चेतना

बाफिकोट गाउँपालिकाका दुई वडाले मोटरसाइकल नलिने

Leave a comment

Your email address will not be published. Required fields are marked *