कृषि उद्यमशिलतासँगै रोजगारीको सिर्जना गर्नुपर्छ !

देशलाई चाहिने खाद्यान्न, तरकारी, फलफूल, दलहन, तेलहन, माछा–मासु, दूध आदि देशमै उत्पादन हुनसके र विदेशी मुद्रा खर्चेर आयात गर्नु नपरे मात्रै पनि आयात कम गर्न सकिन्छ । व्यापार घाटा कम हुनुका साथै देशमा रोजगारी सिर्जना हुन्छ । कृषि क्षेत्रमा लागेको कतिपय युवाहरू अहिले पनि विदेशिने सोचमा छन् । यो रहर नभई बाध्यता हो ।

उनीहरूले आफ्नो पारिवारिक अवस्थामा सुधार ल्याउनकै लागि पनि विदेशिनु पर्ने बाध्यता आइलागेको हो । नेपाल राष्ट्र बैंकको सुर्खेत स्थित प्रादेशिक कार्यालयले कर्णाली प्रदेशबाट भारतबाहेक रोजगारीका लागि तेस्रो मुलुक जाने १३ हजार चार सय २६ जनाले नयाँ श्रम स्वीकृति लिएको जनाएको छ । राष्ट्र बैंकको प्रादेशिक आर्थिक अध्ययन प्रतिवेदन, २०७९ का अनुसार वैदेशिक रोजगारीबाट फर्कने श्रमिकको संख्या भने १७ हजार तीन सय ९८ छ । वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरूमध्ये अधिकांशले पुनः श्रम स्वीकृति लिने गरेका छन् । केहीले वैदेशिक रोजगारीबाट सिकेका सीपलाई स्वदेशमै उपयोग गरी स्वरोजगार कार्यमा संलग्न रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कृषिमा आकर्षण भए पनि स्वदेशमै रहेर कृषिमा लागेको मानिसहरूको रुचि भने कृषिमा बढ्नुको साटो घट्दो रूपमा छ । अनुदान वा सहुलियत राजनीतिक आडमा रहेकाले पाउने, वास्तविक किसानले कागजपत्र मिलाउन नजान्ने तथा कागजपत्र मिलाउन जान्नेले आफैंलाई सरकारी अनुदान पार्ने, किसानले उत्पादन गरेको उपजका सही मूल्य नपाउने, उन्नत बीउ बिजन नपाउने, समयमा बाली लगाउन नसक्ने, लगानी गर्न नसक्ने जस्ता कारणले पनि कृषिप्रतिको रुचि चाहना हुँदाहुँदै पनि घट्दो रूपमा रहेको छ । कृषक भन्नासाथै यसलाई हेर्ने दृष्टिकोण आम मानिसमा फरक पनि छ । यो तल्लो स्तरको भन्ने बुझाइ छ । सरकारले वास्तविक रूपमा कृषिमा लागेकाहरूलाई सहुलियतमा कर्जा सुविधा र उत्पादित उपजको सही मूल्यको निधो गरिदिने वित्तिकै यसप्रतिको आकर्षण बढ्छ । कृषकहरूको वर्गीकरण गरी योजनासहित काम गर्न आएका युवाहरूलाई फरक कृषि उपज उत्पादन बढाउन उत्साहित गर्नुपर्छ । अन्न तरकारी तथा फलफूलको सुपर जोन छुट्याई काम गर्न लगाए मात्र पनि यसको उत्पादन स्वतः बढाउन सकिन्छ ।

विकास भनेको भौतिक पूर्वाधार मात्रै होइन । बाटो, बिजुली, स्कुल, अस्पताल पुल लगायतका पूर्वाधार मात्र विकास हैनन् । उद्यमशिलता पनि देशलाई टेवा पु¥याउने विकास नै हो । यस्ता विकासमा पालिका र प्रदेश सरकार अनि जनप्रतिनिधिको ध्यान गएको देखिएको छ । तर, अब जनताको प्रत्यक्ष आयसँग जोडिने गरी रोजगारी र उत्पादनसँग विकासलाई जोड्न प्रदेश र स्थानीय पालिकाहरूको ध्यान जानु जरूरी छ । केही सहयोग नपाए पनि कृषिमा राम्रो आय गरिरहेकाहरूलाई सहयोग उपलब्ध गराउने हो भने पनि यसले उत्पादन बढाउन र विदेशिने युवाहरूको संख्या घटाउन मद्दत पुग्छ ।

कृषि उद्यमशिलतासँगै रोजगारीको सिर्जना गर्नुपर्छ !

असारसम्म कर्णालीमा ६५ प्रतिशत रोपाइँ, ३१ हजार

कृषि उद्यमशिलतासँगै रोजगारीको सिर्जना गर्नुपर्छ !

सार्वजनिक यातायातको भाडा घट्यो 

Leave a comment

Your email address will not be published. Required fields are marked *