बनगाड कुपिण्डे नगरपालिकाका सात हजार बढी घरमा सुरक्षा स्टिकर टाँसिदै

दुर्गा विसी/सल्यान । सुरक्षीत कर्णाली विशेष अभियान,२०८० कर्णाली प्रदेशका घरघरमा प्रहरीको फाेन नम्बर सहितको स्टिकर टाँस अभियान शुभारम्भ गरिएको छ ।

याे कार्यक्रमको सहकार्य आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका सल्यान, संयोजक कर्णाली प्रदेश प्रहरी कार्यालय र आयोजक ईलाका प्रहरी कार्यालय देवस्थल सल्यानकाे आयोजना कार्यक्रम शुभारम्भकाे उद्घाटन नगर प्रमुख कर्ण वहादुर वुढाथाेकि र उप प्रमुख पुरुषाेतम आचार्यले संयुक्तरूपमा स्टिकर टाँसेर शुभारम्भ गरेका छन् ।

याे स्टिकरकाे महत्त्व र सुरक्षाको विषयमा ईलाका इन्चार्ज ॠर्षिराम दाहालले गराएका थिए । तपाईंको खबर,सबैकाे सुरक्षा भन्ने मुल नारा तय गर्दै तपाईंले कुनै शंकास्पद चिज वस्तु वा गतिविधि देखेमा थाहा पाएमा वा तपाईंलाई सुरक्षा सम्बन्धि कुनै समस्या परि सहयोग लिनु परेमा निम्न प्रहरी कार्यालयको नम्बर सम्पर्क गरि सुरक्षाको प्रत्याभूति गर्न सकिने बताइएकाे छ। बनगाड कुपिण्डे नगरपालिका भित्रका सात हजार दुइ सय घरमा याे स्टिकर टाँसिने छ ।

बनगाड कुपिण्डे नगरपालिकाका सात हजार बढी घरमा सुरक्षा स्टिकर टाँसिदै

वीरेन्द्रनगरमा दैनिक दुई करोड लिटर पानी अभाव

बनगाड कुपिण्डे नगरपालिकाका सात हजार बढी घरमा सुरक्षा स्टिकर टाँसिदै

दुर्गममा खाद्यान्न कहिले पुग्ने ?

Leave a comment

Your email address will not be published. Required fields are marked *