हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियका अनुसार शाहीसहित उक्त गाउँपालिकाका इन्जिनियर मानबहादुर ऐडी, प्राविधिक सहायक (सब इन्जिनियर) गोभधन बोहरा, लेखापाल नवीन रेग्मी, सोही गाउँपालिका- २ का तत्कालीन वडाध्यक्ष हरिहर उपाध्यायविरुद्ध मुद्दा दायर गरिएको हो । त्यस्तै देवकोटावाडा खानेपानी ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी र कोषाध्यक्ष नन्दा देवकोटा (धिताल) विरुद्ध पनि मुद्दा दायर गरिएको थपलियाले जानकारी दिए ।

थपलियाका अनुसार उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले सबैलाई ६ लाख ४८ हजार ७८६ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ मा मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत उपभोक्ता समितिलाई ट्याङ्की निर्माणको जिम्मा दिएकामा आधा काम बाँकी हुँदै ट्याङ्की निर्माणको काम सकियो भनी फर्जी बिल परपाइ पेस गरी सम्पूर्ण रकम निकासा दिएको भन्दै अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

YUGAAWHAN NATIONAL DAILY (2080-03-24)

हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

उपभोक्ता समितिको ६ लाख जफत गर्ने वडाध्यक्ष

Leave a comment

Your email address will not be published. Required fields are marked *