‘आँधी तुफान–२’ को छायांकन सुरु

काठमाडौं । निषेधाज्ञाका कारण छायाँकन रोकिएका फिल्म अहिले धमाधम सुरु हुन थालेका छन् । यस्तैमा फिल्म ‘आँधी तुफान–२’को पनि छायांकन सुरु भएको छ । फिल्मको छायाँकन आइतबार काठमाडौंबाट सुरु भएको निर्देशक मदन घिमिरेले बताए ।

गत बैशाखमा शुभ–मुर्हूत सहित छायाँकनमा निस्किएको फिल्म कोरोनाको दोस्रो लहरका कारण ७ दिनमै रोकिन पुगेको थियो । अहिले फेरि कोरोनाको प्रकोप कम भएको कारण फिल्म छायाँकनमा निस्किएको हो ।

‘छायाँकनका लागि अहिले केही सहज बाताबरण भएकोले हामीले फेरि सुटिङ थालेका हौ’ निर्देशक घिमिरेले भने ‘उच्च स्वस्थ्य सुरक्षाको साथ सुटिङ गरिरहेका छौं ।’ बिभिन्न कारणले फिल्मको सुटिङ सकाउनु पर्ने भएकोले पनि अहिले सुटिङ सुरु गरिएको घिमिरेको भनाई रहेको छ ।

मदन घिमिरेको निर्देशन रहेको फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, सञ्जय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय रहनेछ ।

दशक अगाडिको हिट फिल्म ‘आँधी तुफान’को सिक्वेलको रुपमा यो फिल्म निर्माण हुन लागेको हो । थ्रीलर र सस्पेन्स बिषयमा बन्न लागेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ ।

‘आँधी तुफान–२’ को छायांकन सुरु

ओलम्पिकमा स्वर्ण जित्‍ने बर्मुडा सर्वाधिक सानो देश

‘आँधी तुफान–२’ को छायांकन सुरु

‘मिस एण्ड मिसेस युनिभर्सल’ भदौमा छानिने

Leave a comment

Your email address will not be published. Required fields are marked *