महन्थ ठाकुर : संविधान नै त्रुटिपूर्ण रहेकाले राजनीतिक अस्थिरता बढ्यो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन्।

सोमबार पार्टीका महिला नेतृहरूले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘देशमा राजनीतिक अस्थिरता रहे पनि मधेशको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छौँ ।’

संविधानले दिएको अधिकारसमेत कटौती गरेकाले संविधान संशोधन गर्नुपर्ने अडानमा आफ्नो पार्टी रहेको पनि स्पष्ट पारे। अध्यक्ष ठाकुरले भने, ‘संविधान संशोधन, मधेश आन्दोलनकारी माथी लगाइएको झुठा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशिता लगायतको मुद्दामा निरन्तर सवाल उठाउँदै आई रहेका छौँ।’

महन्थ ठाकुर : संविधान नै त्रुटिपूर्ण रहेकाले राजनीतिक अस्थिरता बढ्यो

राष्ट्रसंघीय महासचिव । विश्वबाट आणविक हतियार उन्मूलन

Leave a comment

Your email address will not be published. Required fields are marked *