१३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, दुई युवक पक्राउ

डडेल्धुरा । डडेल्धुरामा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। परशुराम नगरपालिकाकी किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले परशुराम–१० का २३ वर्षीय रामसिंह ठगुन्ना र दार्चुलाको नौगाड गाउँपालिका–५ का २७ वर्षीय जगदीश धामीलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय जोगबुढाले उनीहरूलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। किशोरीमाथि असोज ५ गते बलात्कार भएको बताइएको छ।

प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दका अनुसार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा ल्याइँदैछ। घटनाबारे थप अनुसन्धान गरिरहेको उनले बताए।

१३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, दुई युवक पक्राउ

भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित

Leave a comment

Your email address will not be published. Required fields are marked *