चार देशका राजदूतबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवनमा अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत किकुता युताका, डेनमार्कका राजदूत फ्रेडी भाने, ग्रीसका राजदूत डाइनोसिसोज क्याभितोस र बल्गेरियाका राजदूत इलोनोरा दिमित्रोभाले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।






