चीनमा फेरि कोरोना‚ सयौँ उडान रद्द : स्कुल बन्द

पेकिङ : चीनमा फेरि कोरोना भाइरसको प्रकोप देखिएको छ । सरकारले सयौँ उडान स्थगित गरेको छ ।
यसैगरी स्कुल बन्द गरिएका छन् । सरकारले व्यापक रूपमा परीक्षण सुरु गरेको छ ।


यसमा पर्यटक जिम्मेवार भएको बताइएको छ । लगातार पाँचौँ दिन चीनमा नयाँ संक्रमित बढेका छन् । उत्तरी र उत्तर पश्चिमी क्षेत्रमा संक्रमितको संख्या बढेको छ । राजधानी पेकिङसहित नौ प्रान्त र क्षेत्रमा यसको अधिक प्रभाव देखापरेको छ । स्थानीय सरकारले परीक्षण सुरु गरेका छन् ।

स्यान‚ कान्सु र इनर मंगोलिया प्रान्तमा प्रभावित क्षेत्रमा स्कुल‚ मनोरञ्जन स्थल र पर्यटकीय स्थल सबै बन्द गरिएका छन्। केही क्षेत्रका घरमा लकडाउन लगाइएको छ । अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन भनिएको छ । ४० लाख जनसंख्या भएको लानचाउ नगरमा घरभित्रै बस्न आग्रह गरिएको छ ।

जन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वमा २४ करोड ३३ लाखभन्दा बढी संक्रमित भएका छन्। ४९ लाख ४७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

चीनमा फेरि कोरोना‚ सयौँ उडान रद्द : स्कुल बन्द

सल्यानमा खोलाले बगाउँदा एक जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!