सल्यानमा खोलाले बगाउँदा एक जनाको मृत्यु
सल्यान : बनगाड कुपिण्डे नगरपालिका–११ निवासी वर्ष ६० का लिले वुढाको खोलाले बगाउँदा मृत्यु भएको छ । विहान ११ बजेको समयमा खेतमा धान हेर्न जाने क्रममै उनलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए ।

माँझकाँडा खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो । उनको खोला नजिकै शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।





