नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनीसहित इमेल र फोन

काठमाडौं । नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गर्ने भन्दै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको थाहा भएको छ।

ह्याकरले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ। सोही पत्र राष्ट्र बैंकका सह(प्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेलमा पनि आएको उनीहरूले जानकारी दिएका छन्।

प्रवक्ता ढकाललाई बिहीबार बिहान अमेरिकाबाट टेलिफोन गरेर राष्ट्र बैंकसहित नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक गर्न लागिएको जानकारी आएको हो।

‘अंग्रेजीमा भाषामा राष्ट्र बैंकसहित नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक हुँदैछ भनेर फोन काट्यो,’ उनले भने, ‘यसबारे हामी हिजोदेखि नै सचेत छौँ। सबै बैंकको सिस्टम चेक गर्न र सम्भावित जोखिम न्यूनीकरण निम्ति उपाय अपनाउन आग्रह गरेका छौँ।’

इमेलमार्फत पत्र र टेलिफोन कल आएकोबारे जानकारी सरोकारवाला समक्ष पुर्‍याएर सचेत हुन आग्रह गरिएको ढकालले जानकारी दिए।

यस्तो छ ह्याकरको चेतावनी

नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनीसहित इमेल र फोन

ओलीलाई कारबाही गर्नुपर्छः पार्वती विशुंखे

नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनीसहित इमेल र फोन

भौतिक मन्त्री थापाले गरे सुर्खेत भित्रमा निर्माणधिन

Leave a comment

Your email address will not be published. Required fields are marked *