काभ्रेमा बोलेरो दुर्घटना हुँदा प्रधानाध्यापकको मृत्यु

काभ्रेमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चौरीदेउराली गाउँपालिका–४ का स्थानीय एवं सोही वडामा रहेको सरस्वती माध्यमिक विद्यालय, छेडाका प्रधानाध्यापक ४९ वर्षीय कमल श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरि खतिवडाले दोलालघाट हुँदै चौरीदेउरालीतर्फ कुखुराको दाना बोकेर जाँदै गरेको बा २१ च ९२१० नम्बरको बोलेरो भुम्लु गाउँपालिका–५ जामुने खोलामा दुर्घटना भएको जानकारी दिए । उनका अनुसार बोलेरो सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको छ ।

डिएसपी खतिवडाले बुधबार राति करिब ९ बजेतिर दुर्घटना भएकोमा घाइतेलाई धुलिखेल अस्पताल ल्याइएकोमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको बताए । उनका अनुसार बोलेरोमा प्रधानाध्यापक श्रेष्ठ मात्र थिए । दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेमा बोलेरो दुर्घटना हुँदा प्रधानाध्यापकको मृत्यु

देशमा राजाले गरेको भन्दा राम्रो गर्छम भन्थे

काभ्रेमा बोलेरो दुर्घटना हुँदा प्रधानाध्यापकको मृत्यु

जेराड पिकेको गोल बार्सिलोनाका लागि निर्णायक

Leave a comment

Your email address will not be published. Required fields are marked *