२०८३ जेष्ठ ३० गते
×

Now Playing

जेराड पिकेको गोल बार्सिलोनाका लागि निर्णायक

बार्सिलोनाका लागि जेरार्ड पिकेले एकमात्र गोल गरेपछि च्याम्यिन्स लिग फुटबलमा पहिलो जित निकालेको छ। बुधबार भएको खेलमा बार्सिलोनाले डाइनामो किभलाई १-० ले पराजित गर्दा ३६औं मिनेटमा पिकेले गरेको एकमात्र गोल निर्णायक बन्यो।

यसअघि समूहको पछिल्लो दुई खेलमा बार्सिलोनाले बायर्न म्युनिख र बेन्फिकालाई नतिजा सुम्पिएको थियो। बार्सिलोनाको तीन खेलमा तीन अंक छ र टोली तेस्रो स्थानमा छ। समान खेलमा नौ अंक बटुलेको बार्यन शीर्ष स्थानमा छ भने बेन्फिका चार अंकसहित दोस्रो स्थानमा छ। चौथो स्थानको डाइनामो किभको एक अंक छ।

समूह इमा बुधबार भएको अर्को खेलमा शतप्रतिशत नजितालाई निरन्तरता दिने क्रममा बायर्नले बन्फिकालाई ४-० ले हरायो। त्यस्तै समूह जी मा आरबी साल्जबर्गले उल्फसबर्गलाई ४-१ ले पराजित सर्दा सेभिया र लिलेले गोलरहित बराबरी खेले।

चेल्सी पुन लयमा

माल्मोलाई हराउँदै चेल्सी च्याम्पियन लिगमा जित निकाल्न सफल भएको छ। स्टाम्फोर्ड ब्रिजमा चेल्सीले ४-० को जित निकालेपनि उसका लागि स्ट्राइकर रोमेलु लुकाकु र टिमो वार्नेरको चोट भने मँहगो पर्ने छ।

साविक विजेता चेल्सीले समूह एच को पछिल्लो खेलमा युभेन्टससँग पराजित भएको थियो। नवौ मिनेटमा आन्द्रियास क्रिस्टेनसेनको गोलमा चेल्सीले अग्रता लियो।

१ सय ३७ खेलमा चेल्सीका लागि क्रिस्टेनसेनको यो पहिलो गोल थियो। २१औं मिनेटमा जिर्जिन्होले पेनाल्टी गोलमा चेल्सीको अग्रता दोब्बर पारे। त्यसको दुई मिनेटपछि नै लुकाकु कुर्कुच्चाको चोटका कारण मैदानबाट बाहिरए। ४४औं मिनेमटा ह्यामस्ट्रिङको समस्याका कारण वार्नेर पनि मैदानबाट बाहिर निस्किएका थिए।

लुकाकुको स्थानमा मैदान प्रवेश गरेका काइ हाभार्टजले ४८औं मिनेटमा गरेको गोलमा चेल्सीले ३-० को अग्रता लियो। ५७औं मिनेटमा जर्जिन्होले खेलको दोस्रो पेनाल्टी सदुपयोग गर्दा चेल्सीले सहज जित पक्का गरेको थियो।

समूह एचमा चेल्सी ६ अंकसहित दोस्रो स्थानमा छ। तीन खेलमा शतप्रतिशत नतिजा निकालेको युभेन्टस नौ अंक जोड्दै शीर्ष स्थानमा छ। जेनिट सेन्ट पिटर्सबर्ग तीन अंक बटुल्दै तेस्रो स्थानमा छ भने चौथो स्थानको माल्मो अंकविहिन छ।

च्याम्पियन्स लिगका अन्य खेलमा भिल्लारियलले योङ ब्वाइजलाई ४-१ ले पराजित गर्दा सेमियाले लिले सँग गोलरहित बराबरी खेले।

जेराड पिकेको गोल बार्सिलोनाका लागि निर्णायक

काभ्रेमा बोलेरो दुर्घटना हुँदा प्रधानाध्यापकको मृत्यु

जेराड पिकेको गोल बार्सिलोनाका लागि निर्णायक

कोरोना महामारी सन् २०२२ लम्बिने डब्लूएचओको चेतावनी

Leave a comment

Your email address will not be published. Required fields are marked *