देशमा राजाले गरेको भन्दा राम्रो गर्छम भन्थे तिन्ल्यै सत्ता चलाए

अंग्रेजीमा यौटा कहावत छू फस्ट ईम्प्रेसन ईज द लास्ट ईम्प्रेसन अर्थात कुनै पनि चिजमाथिको पैलो प्रभावनै अन्तिम प्रभाव हो अथवा रहन्छ । मान्छे सुर्खेतको बुलबुले हेर्न भनेर अनेकौँ कल्पनाका साथ त्यहाँ आउँछन । बुलबुलेलाई पर्यटकीय क्षेत्रका रुपाँ प्रचार गरिएकै भराँ त्यो ठाउँमा के के होला भन्ने अनेक कल्पना गरेर पर्यटक आउँछन तर बुलबुले ताल वा उद्यान सरोकारवाला नेताहरु र निकायको लापरवाहिका कारण आँफै लावारिस छ ।

त्यो कुरा एक पटक त्यहाँ आएर हेरेर जाने व्यक्तिले भन्ने गर्छन । त्यै बुलबुले हो राजा आएर त्यहाँ बस्नेबेलासम्म कति मनमोहक र लोभ लाग्दो थियो । जसरी त्यसको यश सबै ठाउँमा फैलिएको थियो त्यतिकै सुन्दर र मनमोहक बुलबुले थियो । त्यहाँको ब्यवस्थापन थियो । देशमा राजाले गरेको भन्दा राम्रो गर्छम भनेर देशाँ बहुदल ल्याईयो जसले राम्रो गर्छम् भन्थे तिन्ल्यै सत्ता चलाए । तर बुलबुलबुले मात्रै हैन राज्यले बनाएर ब्यवस्थित गर्नु पर्ने हरेक चिज लथालिङ्ग भए । राम्रो बनाउनेको त कुरै छोडम् भाको चिजकोनि संरक्षण गरिएन । त्यै राजाको पालाँ काम गर्ने कर्मचारी नपाएर होकि रु फुलबारी सजाउने माली नपाएर होकि रु या राजाले भन्दा राम्रो गराउने भनेको भएकोलाईनि लथालिङ्ग बनाएर नामै निसान मेटाउने रैछकि क्या हो ।ऐले बुलबुले हेर्दा त्यस्तै लाग्छ ।

खर्चका कुरा गर्ने हो भने राजाको पालाँ भन्दा दशौँ गुना बढि खर्चभा होला तर त्याँ भित्रको अबस्था हेर्दा दिक्दार लाएर आउँछ । बहुदलआकोनि ३१ बर्ष भो यो ३१ बर्षको अबधियाँ यो उद्यान हेर्ने जिम्मेवार निकायको नै अँझै टुंगो लाछैन कैले नगर विकास समितिले हेर्छ अनि कैले नगरपालिकाले । यौटा ठेगानको र जिम्मेवार निकाय बनाउन नसक्ने सुरखेतका नेताहरुले राजाले भन्दा राम्रो गराउँम भनेर ल्याको बहुदल कस्तोछ यै बुलबुले हेरे था हुन्छ । ऐले त झन बुलबुले भित्र जाने गेटैमा मुलफुटेछ त्यहाँबाट बगेको पानी र त्यो ठाउँको अबस्था हेर्दा दिक्क लाग्छ गेट अगाडि पानी र लेउ जमेर गज्गज हिलोछ तर त्यसाई ब्यबस्थित गर्ने सोच उद्यान सन्चालकहरु छैन ।

ऐले त बुलबुले आउने मान्छेहरूले गेगबाट भित्र खुट्टा राख्ने वितिकै त्यसको हालत अनुमान गर्न थाली हाल्छन । त्यसैले यसलाई हेर्ने कुनै निकाय छौ भने राजाले बनाएको जत्तिको बनाउन नसकेनि गेटाँ चिप्लेर लडेर पर्यटकहरु घाईते भएर जाने अबस्था त नबनाई देउ । बसध्दि र विवेक धरौटिमा राखेर सरकार ( स्थानीय,प्रदेश ,केन्द्र ) चलाउन आएकाहरु के तिमिहरका आँखाले बुलबुलेको ब्यबस्थापन राजाको पालामा भन्दा राम्रो देखेकोछ रु जनतालाई सँधैभरि कति ढाँटछौ । अब त कमसेकम काम गर ।र

देशमा राजाले गरेको भन्दा राम्रो गर्छम भन्थे तिन्ल्यै सत्ता चलाए

कार्टुन

देशमा राजाले गरेको भन्दा राम्रो गर्छम भन्थे तिन्ल्यै सत्ता चलाए

काभ्रेमा बोलेरो दुर्घटना हुँदा प्रधानाध्यापकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!