मलेसियाका प्रधानमन्त्रीमा इस्माइल साब्री याकोब नियुक्त

एजेन्सी । पूर्व उपप्रधानमन्त्री इस्माइल साब्री याकोब शुक्रबार मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्‌।

मलेसियाका राजा सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहले इस्माइल सबरीलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेको दरबार स्रोतले जानकारी गराएको छ।

संसदको तल्लो सदनमा बहुमतको समर्थन गुमाएपछि उनी सोमबार राजीनामा दिएका मुहिद्दिन यासिनको उत्तराधिकारी बनेका हुन्‌।

६१ वर्षीय इस्माइल साब्री युनाइटेड मलायस नेशनल अर्गनाइजेसन (यूएमएनओ) का एक अनुभवी राजनीतिज्ञ हुन्‌ र जुलाईमा उप प्रधानमन्त्री नियुक्त हुनुपूर्व रक्षा मन्त्रीको रूपमा मुहिद्दिनको मन्त्रीमण्डलमा काम गरिसकेका थिए।

मलेसियाका प्रधानमन्त्रीमा इस्माइल साब्री याकोब नियुक्त

हास्य कलाकार शम्भुराज थापाको निधन

मलेसियाका प्रधानमन्त्रीमा इस्माइल साब्री याकोब नियुक्त

जलवायु परिवर्तनबाट विश्वभर एक अर्ब बालबालिका जोखिममा

Leave a comment

Your email address will not be published. Required fields are marked *