हास्य कलाकार शम्भुराज थापाको निधन

काठमाडौं : हास्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। ललितपुरको पाटनस्थित पाटन अस्पतालमा उपचारको क्रममा उनको शनिबार बिहान साढे ४ बजे ६४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

कोरोना भाइरसबाट सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो। थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चारको विभिन्न टेलिफिल्म, मेरी बास्सैलगायतमा अभिनय गरेका छन्।

उनको श्रीमती, एक छोरा र एक छोरी छन्। उनको आजै काठमाडौंस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ।

हास्य कलाकार शम्भुराज थापाको निधन

त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा,

Leave a comment

Your email address will not be published. Required fields are marked *