अस्ट्रेलियाले अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिकालाई मात्र लगाउने

रासस । अस्ट्रेलिया सरकारले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र लगाउने जनाएको छ ।

यसअघि यो खोप ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई दिइन्थ्यो। गत साता अस्ट्राजेनिका खोप लगाएकी एक ५२ वर्षीया महिलाको मस्तिष्कमा रगत जमेका कारण मृत्यु भएपछि सरकारले खाेप लगाउने उमेर बढाएको हो ।

स्वास्थ्य मन्त्री ग्रेग हन्टले बिहीबारको नयाँ घोषणा गर्दा कुनै वैज्ञानिक तथ्यमा आधारित भएर नगरिएको बताउँदै सरकारले सचेतता अपनाउन चाहेको स्पष्ट गरे। अस्ट्रेलियाले ५० देखि ५९ वर्षको उमेरका व्यक्तिलाई सरकारले स्वीकृत गरेको फाइजर खोप लगाउन सिफारिस गरेको छ ।

अस्ट्रेलियामा अस्ट्राजेनिका खोप लगाएका मध्ये दुई व्यक्तिको मस्तिष्कमा रगत जम्ने समस्याबाट मृत्यु भएको आशंका गरिएको छ। सर्वप्रथम गत अप्रिलमा अस्ट्राजेनिकाको खोप लगाएकी ४८ वर्षीया एक महिलाको मृत्यु भएको थियो ।

ती महिलाको मृत्यु भएसँगै सरकारले ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र अस्ट्राजेनिका खोप लगाउन सिफारिस गरेको थियो। अस्ट्राजेनिका खोप लगाएका व्यक्तिमा मस्तिष्कमा रगत जम्ने समस्या नदेखिएका व्यक्तिलाई मात्र दोस्रो डोज खोप लगाउन सरकारले अनुरोध गरेको थियो ।

अस्ट्रेलिया सरकारले आफ्ना नागरिकका लागि अमेरिकी खोप उत्पादक मोडर्नाका खोपहरू चाँडै भित्र्याउने योजना बनाएको छ। यसै वर्षको अन्त्यसम्ममा सबै वयस्क व्यक्तिलाई कम्तीमा एक डोज खोप लगाउने घोषणा गरेको छ ।

अस्ट्रेलियाले अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिकालाई मात्र लगाउने

बंगलादेशमा थप एकमहिना लम्बियो लकडाउन

अस्ट्रेलियाले अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिकालाई मात्र लगाउने

विश्वमा कोरोना संक्रमणदर घट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!