बंगलादेशमा थप एकमहिना लम्बियो लकडाउन

एजेन्सी । बंगलादेशमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि जारी रहेको लकडाउन पनि थप एकमहिना थपिएको छ ।

बंगलादेश सरकारले भाइरसको प्रकोप नघटेपछि लकडाउनलाई थप एकमहिना थपिएको बुधबार जानकारी दिएको छ। सो लकडाउन बुधबार रातिदेखि थपिएको छ । आगामी महिना जुलाईको १५ तारिखसम्म कायम रहने घोषणा गरिएको छ ।

त्यस अवधिका लागि सार्वजनिक यातायातका साथै पर्यटनसँग सम्बन्धित होटल रेष्टुरेन्टहरू सीमित संख्यामा मात्र खुल्न दिइने बताइएको छ । सरकारी कार्यालय तथा बैंक र फाइनान्स सेवा पनि प्रत्येक दिन केही घन्टा छुट्याएर खोल्न दिइनेछ ।

यो लकडाउन देशैभरि लगाइएको बताएको छ। बंगलादेश सरकारको मन्त्रीपरिषद्को बैठकले बुधबार लकडाउनको समयावधि थप गरेको जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *