अन्तरिक्ष केन्द्र निर्माणमा चीनको फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो सेन्झाउ–१२

रासस । चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्रीसहितको सेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ। तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन् ।

उनीहरू अन्तरिक्ष केन्द्रमा तीन महिना बस्नेछन्। हाल संयुक्त राज्य अमेरिका र रुससँग मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छन् जहाँ पृथ्वीबाट पठाइएका अन्तरिक्ष यात्रीहरू महिनौं बसेर अध्ययन र अनुसन्धानका कार्यहरू गर्ने गर्दछन् ।

हुनत, चीनले यसअघि पनि अन्तरिक्षमा मानव पठाइसकेको छ। यो चीनको सातौं मानव सहितको अन्तरिक्ष यात्रा हो। चीनले पाँच वर्षयता मानव सहितको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको थिएन।

चीनको अन्तरिक्ष केन्द्र (सीएमएसए) का अनुसार चीनको उत्तरपश्चिमस्थित गोबी मरुभूमिबाट चिनियाँ समयानुसार बिहान ९.२२ बजे रकेट प्रक्षेपण गरिएको थियो। प्रक्षेपण गरिएको करिब ५७३ सेकेन्डपछि शेन्झाउ–२ भूउपग्रह अन्तरिक्ष केन्द्रमा प्रवेश गरेको थियो ।

सीएमएसएले भूउपग्रह र त्यहाँ यात्रारत सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेकाले अन्तरिक्ष कार्यक्रम सफल भएको जनाएको छ। यसपटक अन्तरिक्ष गएका यात्रीहरूमा शेन्झाउ–६ र शेन्झाउ–१० बाट दुई पटक अन्तरिक्ष यात्रा गरिसकेका ५६ वर्षीय निई हाइसेङ, सेन्झाउ–७ अभियानमा संलग्न ५४ वर्षीय लिउ बोमिङ र पहिलो पटक अन्तरिक्ष यात्रा गर्न लाग्नुभएका ४५ वर्षीय टाङ होङ्बो रहेका छन्। उनीहरूले चीनको अन्तरिक्ष कार्यक्रममा तीन महिनासम्म बसेर नयाँ रेकर्ड कायम गर्नेछन् ।

यसअघि सन् २०१६ मा शेन्झाउ–११ बाट अन्तरिक्ष गएका यात्रीहरू ३३ दिनसम्म अन्तरिक्षमा बसेका थिए। यसपटक अन्तरिक्षको यात्रामा जानेहरूले यसअघिका भन्दा निकै जटिल र चुनौतीपूर्ण कार्य गर्नुपर्ने चिनियाँ अन्तरिक्ष केन्द्रका सहायक निर्देशक हाओ चुनले बताए ।

यस पटक अन्तरिक्ष यात्रीहरूले खासगरी अन्तरिक्ष केन्द्रको सञ्चालन, सरसफाइ, उपकरणको परीक्षण एवं केही वैज्ञानिक अनुसन्धान गर्नेछन्। चीनले गत अप्रिल २९ मा नयाँ अन्तरिक्ष केन्द्रको मुख्य मोड्युल पठाएको थियो।

अन्तरिक्ष केन्द्र निर्माणमा चीनको फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो सेन्झाउ–१२

बंगलादेशमा थप एकमहिना लम्बियो लकडाउन

Leave a comment

Your email address will not be published. Required fields are marked *