विश्वमा कोरोना संक्रमणदर घट्यो

एजेन्सी । विश्वमा कोरोना संक्रमणदर घट्दै गएको छ। यसअघि दैनिक ८ लाखसम्म संक्रमित भेटिने गरेकोमा गत २४ घण्टामा ३ लाख ७८ हजार संक्रमित भेटिएका छन् ।

उच्च संक्रमण रहेको भारतमा पनि संक्रमण निरन्तर ओरालो लागेको छ। त्यहाँ हिजो ६२ हजार जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ३ सय १० जनाले ज्यान गुमाएका छन् । अहिले संक्रमण दर बढी देखिएको ब्राजिलमा २४ घण्टामा ७४ हजार ३ सय संक्रमित थपिँदा २ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ ।

कोलम्बियामा ३० हजार, अर्जेन्टिनामा २३ हजार ७ सय, रसियामा १४ हजार, वेलायतमा ११ हजार र अमेरिकामा १० हजार नयाँ संक्रमित थपिएका छन्। कोलम्बियामा ५ सय ९६, अर्जेन्टिनामा ५ सय २८, रसियामा ४ सय १६ र अमेरिकामा २ सय ७६ जनाले हिजो एकैदिन ज्यान गुमाएका छन् ।

यसैबीच, अष्ट्रेलियाले अस्ट्राजेनेका खोप ६० वर्ष माथिकालाई मात्रै लगाउने भएको छ। यसअघि यो खोप ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई दिइन्थ्यो। गत साता अस्ट्राजेनेका खोप लगाएकी एक ५२ वर्षीया महिलाको मस्तिष्कमा रगत जमेका कारण मृत्यु भएपछि सरकारले खोप लगाउने उमेर बढाएको हो ।

स्वास्थ्य मन्त्री ग्रेग हन्टले नयाँ घोषणा गर्दा कुनै वैज्ञानिक तथ्यमा आधारित भएर नगरिएको बताउँदै सरकारले सचेतता अपनाउन चाहेको स्पष्ट पारेका छन्। अस्ट्रेलियाले ५० देखि ५९ वर्षको उमेरका व्यक्तिलाई सरकारले स्वीकृत गरेको फाइजर खोप लगाउन सिफारिस गरेको छ ।

विश्वमा कोरोना संक्रमणदर घट्यो

इरानमा राष्ट्रपति चयनका लागि मतदान हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!